शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

सानिमा सेक्युरिटिजले सुरु गर्‍यो कारोबार

images
सोमबार, असोज २९ २०८०
images
images
सानिमा सेक्युरिटिजले सुरु गर्‍यो कारोबार

सानिमा सेक्युरिटिज लिमिटेड ब्रोकर नं. ८३ ले असोज २९ अर्थात् आजदेखि औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ।

images
images

काठमाडौं- सानिमा सेक्युरिटिज लिमिटेड ब्रोकर नं. ८३ ले असोज २९ अर्थात् आजदेखि औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमका बीच कारोबार सञ्चालन सुरु गरेको हो।

images
images

उक्त कार्यक्रमको उद्‌घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र सानिमा सेक्युरिटिज लिमिटेडका सञ्चालकहरुले संयुक्तरुपमा गरेका हुन्।

images
images

उद्‌घाटन समारोहमा सानिमा बैंक प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्युरिटिजको विधिवत् रुपमा कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन भन्दै शुभकामना दिए।

images
images
images

सानिमा सेक्युरिटिजले यही वर्षको साउन १० गते नेपाल धितोपत्र बोर्डबाट र भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो। 


प्रकाशित : सोमबार, असोज २९ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend