बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

एनआरएनएको विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलिदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

images
सोमबार, असोज २९ २०८०
images
images
एनआरएनएको विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलिदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

यस महाधिवेशनमार्फत संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ। निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन्।

images
images

काठमाडौं- गैरआवासीय नेपाली विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि सुरु हुने भएको छ।

images
images
images

नेपाल सरकार, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा 'नेपालीका लागि नेपाली' भन्ने मूल नारा र 'ज्ञान र रुपान्तरण समृद्धिको आधार' विषयमा केन्द्रित रही उक्त सम्मेलनको आयोजना गरिएको हो।

images

सम्मेलनको उद्घाटन बिहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्। सम्मेलनको पहिलो र दोस्रो दिन विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष सत्रको आयोजना गरिएको छ।

images
images
images

यसैगरी कात्तिक २ मा संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ। संघको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै कात्तिक ३ गते साँझ ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट सम्मेलनको समापन हुने संघले जनाएको छ।

यस महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ। संघको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेसनमार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन्। संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ। नेपालमा आउनुभएका मतदाताको लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब एक हजारभन्दा बढीको नेपालबाट सहभागिता रहनेछ। यस्तै अनलाइनमार्फत पनि संसारभरबाट गैरआवासीय नेपाली सम्मेलनमा जोडिनेछन्।


प्रकाशित : सोमबार, असोज २९ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend