बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

दसैँका लागि पोखरा भित्रियो च्याङ्ग्रा, कति छ मूल्य?

images
सोमबार, असोज २९ २०८०
images
दसैँका लागि पोखरा भित्रियो च्याङ्ग्रा, कति छ मूल्य?

व्यापारीले एउटै च्याङ्‌ग्राको मूल्य २५ हजारदेखि ५७ हजार रूपैयाँसम्म तोकेका छन्।

images
images

कास्की- चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन्। अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन्। बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन्। अहिले पोखरा महानगरपालिका-१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ।

images
images
images

शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताए। 'दसैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,' व्यापारी धामीले भने, 'बरु जति छिटो ल्याउन सक्यो, उति धेरै बिक्री हुने र फाइदा मिल्छ भनेर पहिला नै ल्याएको हुँ।'

images
images

एक सय २७ च्याङ्ग्रा लिएर आएका उनले २० वटा बिक्री गरिसकेको सुनाए। राजेन्द्रबहादुरले २५ हजारदेखि ४५ हजार रूपैयाँसम्ममा च्याङ्ग्रा बेचिरहेको बताए। 'रोजेर लैजानेहरुसँग ४५ हजार रूपैयाँसम्म लिने गरेको छु,' उनले भने, 'घाटा पर्छ कि भन्नेहरुका लागि जिउँदै जोखेर एक किलोको आठ सय ८० रूपैयाँका दरले हिसाब गरेर बेचेको छु।'

images
images

अर्का व्यापारी सर्पलाल थापाले रोज्जा च्याङ्ग्राको मूल्य बढीमा ५७ हजार रूपैयाँसम्म पर्ने बताए। उनले आफूकामा ३५ देखि ५७ हजार रूपैयाँसम्मका च्याङ्ग्रा रहेको जानकारी दिए। गोठमा खरिद दर ५३ हजार रूपैयाँ परेकाले बेच्ने भाउ बढेको उनले बताए।

'एक महिना अघिदेखि जम्मा गर्न पर्‍यो। पालिकालाई तिर्न पर्‍यो। अनि ल्याउँदा ट्रक भाडा लाग्यो हामीलाई पनि अलिअलि फाइदा त हुनै पर्‍यो नि', थापाले भने। उनले ७२ वटा भेडाच्याङ्ग्रा पोखरासम्म ल्याउँदा ट्रक भाडा, ड्राइभरको खाना, खाजा, भत्ता तिर्दा तीन दिन तीन रातको एक लाख ५० हजार रूपैयाँ खर्च भएको बताए।

दसैँका बेला हिमाली भेगबाट झारिने भेडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा महानगरपालिका-१ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताए। सुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उनको भनाइ थियो। 'पोहोर पनि सुरुमा  ४०/५० हजार रूपैयाँ भन्न भ्याएका थिए। पछि १८ हजार रूपैयाँसम्ममा किनेर लगियो,' उनले भने, 'यो पालि पनि सुरुमा ५७ हजारसम्म भनेका छन्। साह्रै महँगो छ।'

पछिल्लो समयमा भेडाच्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend