बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

लगनखेलका अधिकांश मासु तथा फलफूल पसल मापदण्डविपरीत, चार व्यापारीलाई तिराइयो जरिवाना

images
सोमबार, असोज २९ २०८०
images
images
लगनखेलका अधिकांश मासु तथा फलफूल पसल मापदण्डविपरीत, चार व्यापारीलाई तिराइयो जरिवाना
फाइल तस्बिर

मापदण्डविपरीत सञ्चालित दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई १० हजार रूपैयाँका दरले जरिवाना गरिएको छ।

images
images

ललितपुर- लगनखेलका अधिकांश मासु तथा फलफूल पसल मापदण्डविपरीत रहेको पाइएको छ।

images
images
images

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्डविपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो।

images

'लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई १० हजार रूपैयाँका दरले जरिवाना र सचेत गराएका छौँ', सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने।

images
images
images

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए। रासस


प्रकाशित : सोमबार, असोज २९ २०८००७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend