शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

धुर्कोटमा डेढ करोड लागतमा खानेपानी आयोजना निर्माण

images
आइतबार, असोज २८ २०८०
images
images
धुर्कोटमा डेढ करोड लागतमा खानेपानी आयोजना निर्माण

कुल एक करोड ५९ लाख तीन सय २४ रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिए। योजना सुरु गरिएको चार वर्षमा सम्पन्न भएको उनले बताए।

images

गुल्मी- लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ। यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ।

images
images

गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका यस क्षेत्रका बासिन्दाका लागि धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत लिफ्टिङको माध्यमबाट वडा नं ५ अन्तर्गत वस्तुको हर्रैका घरघरमा खानेपानी पुगेको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए। उनका अनुसार यहाँका एक सय आठ घरधुरीमा खानेपानी पुगेको छ।

images
images

लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्न बाध्य यस क्षेत्रका स्थानीय घरको धारामा पानी आएपछि दंग छन्। चाडबाडको समयमा पानीको अभावमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमला भण्डारीले बताए।

images
images
images

पानीका लागि जिल्लामा धुर्कोट गाउँपालिका सुक्खा क्षेत्रअन्तर्गत पर्दछ। सातवटा वडा रहेको धुर्कोट गाउँपालिकाका सबै वडामा खानेपानीको चरम अभाव थियो। विकास र अन्य पूर्वधारका हिसाबले धुर्कोट अगाडि भए पनि खानेपानीका क्षेत्रमा पछाडि परेको थियो।

पालिकाभित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिको माध्यमबाट घरघरमा पानी पुर्‍याउन थालेको अध्यक्ष पोख्रेलले बताए।

खानेपानीका लागि मूल नभएकाले सुक्खा याममा यहाँका अधिकांश मानिसको दैनिकी पँधेरा र कुवाबाट पानी बोकेर बित्ने गर्दथ्यो', स्थानीय तारा पाण्डेले भने, जीवनमा पहिलोपटक यसरी आफ्नै घरआँगनमा खानेपानीको धारासँगै शुद्ध पिउने पानी आएपछि निकै खुसी लागेको छ।' यसरी आफ्नै पालामा घर-घरमा धाराबाट यसरी पानी आउला भन्ने आफूले कल्पना नगरेको भन्दै विगतका दुःखलाई बिर्साइदिएको उनको भनाइ थियो।

संघीय र प्रदेश सरकार, धुर्कोट गाउँपालिका र स्थानीय जनश्रमदानसमेत गरी कुल एक करोड ५९ लाख तीन सय २४ रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिए। योजना सुरु गरिएको चार वर्षमा सम्पन्न भएको जनाउँदै उनले आयोजनाबाट अहिले एक सय आठ घरधुरीका छ सय ५० जना प्रत्यक्ष लाभान्वित बनेका बताए।

पाँच हजार तीन सय ८२ घरधुरी रहेको धुर्कोट गाउँपालिकामा अझै एक हजार सात सय ३२ घरधुरीमा खानेपानी पुर्‍याउनका लागि काम भइरहेको पालिकाले जनाएको छ। पालिकाले आउँदो दुई वर्षभित्र धुर्कोटका सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियानलाई पूरा गर्ने अध्यक्ष पोख्रेलले बताए। रासस


प्रकाशित : आइतबार, असोज २८ २०८०१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend