शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

बागलुङ भित्रिए मुस्ताङी च्याङ्ग्रा, एउटैको मूल्य ५० हजारसम्म

images
आइतबार, असोज २८ २०८०
images
images
बागलुङ भित्रिए मुस्ताङी च्याङ्ग्रा, एउटैको मूल्य ५० हजारसम्म
फाइल तस्बिर

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारी बताउँछन्। सानो च्याङ्ग्रा एउटाको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई ५० हजार रूपैयाँभन्दा तल बिक्री गर्न नसकिने व्यापारीको भनाइ छ।

images

गलकोट- भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन। कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ। 

images
images

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएका छन्। मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएका हुन्।

images
images

लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्ग्रा ल्याउने गरेको बताउँदै थापाले यस पटक ७० लाख रूपैयाँको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए। उनका अनुसार एउटाको मूल्य ५० हजार रूपैयाँसम्म पर्दछ। सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई ५० हजार रूपैयाँभन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो।

images
images
images

'अहिले रोज्जा च्याङ्ग्रा ५० हजार रूपैयाँमा बिक्री गर्ने हो। थोरै नाफा त राख्नु पर्‍यो। मुस्ताङबाट ल्याउदा दुःख धेरै छ', उनले भने, 'महँगो भए पनि माग बढेको छ। अहिले चीनबाट नआउदा मुस्ताङका च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो।' थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याएका हुन्।

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो। थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन्।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारी बताउँछन्। हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताए।

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन्। यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ। रासस


प्रकाशित : आइतबार, असोज २८ २०८००९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend