बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

बन्दीपुरमा १७ तले ‘क्विन टावर’ निर्माण अन्तिम चरणमा

images
आइतबार, असोज २८ २०८०
images
बन्दीपुरमा १७ तले ‘क्विन टावर’ निर्माण अन्तिम चरणमा

करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ। सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ। होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको छ।

images
images

तनहुँ- बन्दीपुरमा १७ तले ‘क्विन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ। ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ।

images
images
images

होटलमा रंगगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ। करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ।

images
images

सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ। होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्विन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका प्रमुख इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए।

images
images

उनका अनुसार केबलकारको प्रवेशद्वारमा २६ करोड रूपैयाँको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ। उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका-४ ठूल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दुरीमा केबलकार निर्माण गरिएको छ।

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन्। केबलकारको अहिले परीक्षण भइरहेको इन्जिनियर पौडेलले बताए। केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा रहेका बताउँदै उनले एउटामा आठ जनासम्म यात्रु अटाउने क्षमता हुने जानकारी दिए।

'एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ', पौडेलले भने, 'केबलभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिन सञ्चालन गर्ने योजना छ।' उनका अनुसार केबलकारमा न्यूनतम ५० देखि २५ हजार रूपैयाँसम्म टिकट शुल्क तोकिएको छ।

पृथ्वीराजमार्गमा रहेको बटम स्टेसनबाटमाथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई पचास रूपैयाँ, पत्रकारलाई तीन सय पचास रूपैयाँ, अन्य यात्रुका लागि पाँच सय रूपैयाँ, रेष्ट्रो क्याबिनको २५ हजार रूपैयाँ र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ। 

केबलकार र पाँचतारे होटल गरी कुल तीन अर्ब ५८ करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न हुन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको उनले बताए।

केबलकारभित्र रेष्ट्रो सुविधा 

केबलकारमा यात्रुको आवतजावतको समय पश्चात् साँझपख केबलकारभित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष शर्माले बताए। प्रत्येक दिन साँझ ५ बजेपछि यो सुविधा प्रदान गरिने योजना रहेको उनको भनाइ थियो।

बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबलकार, रेस्ट्रोकार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए। उनका अनुसार बटम स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तले होटलभित्रै केबलकार पुगेर टुंगिने छ। 'बटम स्टेसन (तल) हाइवेसँग जोडिएको छ। जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिन्छ', उनले भने।

बटम स्टेसनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ। सोही भवनमा भीआईपी लन्च, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्ने लगायतका कार्य एउटै भवनबाट हुनेछ। रासस


प्रकाशित : आइतबार, असोज २८ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend