बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

सहकारीमार्फत करोडौँ रूपैयाँ गाउँ भित्र्याउँदै महिला

images
आइतबार, असोज २८ २०८०
images
images
सहकारीमार्फत करोडौँ रूपैयाँ गाउँ भित्र्याउँदै महिला

तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन्।

images
images

बागलुङ- आज विश्व ग्रामीण महिला दिवस। ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराइ गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिएको हो।

images
images
images

नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो। यस दिवसका अवसरमा सम्झन र सम्मान गर्नका लागि काठेखोलाका महिला जिल्लामै उदाहरणीय छन्।

images

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्लामा पर्छ बागलुङ। यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन्। टोलछिमेकमा कोही बिरामी परे अस्पतालसम्म पुर्‍याउने मान्छे पाउन मुस्किल छ। खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउन थालेको छ। युवाशक्ति विदेशिएपछि घरपरिवार धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ।

images
images
images

पहिले पहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने प्रचलन थिएन। अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न थालेका छन्। महिला पनि विदेश जान थालेपछि गाउँ रित्तिने जोखिम बढेकामा यहाँका स्थानीय चिन्तित छन्। 

जिल्लाका गाउँदेखि बजारसम्मका अधिकांश युवाशक्ति विदेश पलायन हुँदैछन्। यसले अधिकांश गाउँ शून्य बन्दै गएका छन्। तर केही महिलाले भने गाउँमै बसेर उद्यम गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाएका छन्। त्यसमध्ये काठेखोला गाउँपालिका-४ तङ्ग्रामका महिला पनि पर्छन्। उनीहरुका श्रीमान् र छोराछोरी विदेशमा छन्। विदेशबाट पठाउने रेमिट्यान्सभन्दा बढी महिलाले गाउँमै खसीबोका बेचेर आम्दानी गर्दै आएका छन्।

यस गाउँका धेरै महिला सहकारीमा आबद्ध भएर सामाजिक काममासमेत अग्रसर बन्दै आएका छन्। तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन्। गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका बिक्री हुन्छ। यस गाउँमा दुई सहकारी छन्। त्यसमा आबद्ध भएर महिलाले खसीबोका पालन गरी सहकारीमार्फत बिक्री वितरण गर्ने गरेका छन्।

तङ्ग्राम गाउँमा रहेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक दुई करोड चार लाख रूपैयाँ र वसन्त सहकारीले दुई करोड १० लाख रूपैयाँको खसीबोका बेच्ने गरेका छन्। सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले यस वर्षको दसैँमा ६ सय खसीबोका बेच्नका लागि तयार गरेको सहकारीका सहप्रबन्धक नरमाया पुनले जानकारी दिइन्। यस सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० खसीबोका बिक्री हुने भन्दै वार्षिक एक हजार तीन सय २० भन्दा बढी बिक्री गर्दै आएको उनले बताइन्।

सहकारीले वार्षिक करिब दुई करोड चार लाख ४० हजार रूपैयाँको खसीबोका बिक्री गरिरहेको भन्दै यसले सहकारीमा आबद्ध महिलालाई सक्षम र आत्मनिर्भर बनाएको पुनले बताइन्। 'यहाँका धेरै मानिस विदेशमा जान्छन्। हाम्रो लागि सबैथोक गाउँ हो। गाउँ छोडेर कतै जान मन लाग्दैन', उनले भनिन्, 'रहेक महिना खसीबोका उत्पादन हुन्छन्। बजार पनि ठिकै छ। धेरै दिदीबहिनी खुसी हुनुहुन्छ।'

बढ्दो महँगीले महिला उद्यमीलाई असर पुर्‍याएको भन्दै उनीहरु कत्ति पनि विचलित नभइ आफ्नो पेसाप्रति प्रतिबद्ध भएर काम गरिरहेका पुनको भनाइ थियो। 'यहाँका महिला अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बनेका छन्। विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा देखिन्न', उनले भनिन्।

वसन्त सहकारीकी प्रबन्धक हेमा विकले गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको बताइन्। यस सहरकारीले पनि दसैँ र तिहारका लागि ६ सय बढी बोकाखसी बेच्नका लागि तयार गरेको उनको भनाइ छ।

विशेषगरी भदौ, असोज र कात्तिकमा उक्त सङ्ख्यामा खसीबोका बेच्ने लक्ष्यका साथ काम गरिने विकले जानकारी दिइन्। सहकारीमार्फत हरेक महिना एक सय देखि एक सय ५० सम्म खसीबोका बिक्री गर्ने भन्दै वार्षिक एक हजार पाँच सय वटासम्म बिक्री हुने उनको भनाइ थियो ।

सहकारीमार्फत वार्षिक दुई करोड १० लाख रूपैयाँ बढीको खसीबोका बिक्री गर्ने गरेको विकले बताइन्। बजारभन्दा गाउँको वातावरण स्वास्थ्यका लागि उपयोगी हुने हुँदा यहाँका महिलाले गाउँलाईनै माया गरेर उद्यमसँग जोडिएका उनको भनाइ थियो।

तङ्ग्राम गाउँबाट बजार झर्ने र विदेश जानेको युवा शक्तिको सङ्ख्या बढी भए पनि महिला कमै मात्रामा भएको विकले बताइन्। 'गाउँका प्रत्येक घरका एक/दुईजना सदस्य विदेश छन्। त्यसमध्ये धेरै त पुरुष नै हुनुहुन्छ', उनले भनिन्, 'गाउँमा खसीबोका उत्पादन गर्ने महिलाको  सङ्ख्या बढी छ। गाउँमा उत्पादन हुने खसीबोका सहकारीमार्फत बेच्ने गरेका छौँ। एउटै परिवारबाट कम्तीमा पनि पाँच/सातवटा खसीबोका बेच्ने गरेका छौँ।' रासस


प्रकाशित : आइतबार, असोज २८ २०८००८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend