बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

माटोका भाँडा बनाउन प्रविधिले सहज, बिक्रीमा भने कमी

images
आइतबार, असोज २८ २०८०
images
माटोका भाँडा बनाउन प्रविधिले सहज, बिक्रीमा भने कमी

पहिले जंगलबाट ल्याएको माटो मुछ्नै समस्या हुन्थ्यो, तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुने व्यवसायी बताउँछन्। विगतका तुलनामा माटोका सामग्रीको बिक्रीमा भने कमी आएको उनीहरु बताउँछन्।

images
images

दाङ- गढवा गाउँपालिका-१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन।

images
images
images

परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटोे मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण भएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजुकमारले बताए।

images
images

'पहिले जंगलबाट ल्याएको माटो मुछ्नै समस्या हुन्थ्यो, तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुन्छ', राजकुमारले भने, 'प्रविधिका बारेमा थाहा नहुँदा काममा ढिलाइसँगै दुःख हुन्थ्यो, तर अहिले यी समस्या हटेका छन्।' प्रविधिले गर्दा काम छिटो हुनुका साथै धेरै सामग्री उत्पादन गरेर बिक्री गर्दा आम्दानीसमेत बढेको उनको भनाइ छ।

images
images

राजकुमारको जस्तै अनुभव सोही ठाउँ निवासी ५६ वर्षीय तारा थारू कुमालको पनि छ। लामो समय परम्परागत आफूले माटो मुछ्नेदेखि हातेचक्काको भरमा माटोका सामग्री बनाएका ताराले विगत एक वर्षदेखि मोटरको माध्यमबाट चक्का चलाएर माटोका भाँडा बनाउँदै आएको बताइन्। 'पहिलेको तुलनामा अहिले माटो मुछ्नदेखि बनाएका भाँडा पकाउनसमेत सजिलो भएको छ', उनले भनिन्, 'जसले गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको छ।'

माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने अवस्था भएको भन्दै प्रविधिको सहजताले पछिसम्म पनि काम गर्न सकिन्छ कि भन्ने आँट पलाएको उनी बताउँछिन्। 'परम्परागतरूपमा पहिले काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीँ त मेहनत नै खेर जाने अवस्था हुन्थ्यो', पत्रिङ्गा निवासी ताराले भनिन्, 'अहिले त्यो जोखिम छैन, प्रविधिको सहजताले माटो मुछ्ने, भाँडा बनाउनेदेखि पकाउनसमेत आधुनिक भट्टी बनेको छ।' आधुनिक भट्टीका कारण कम दाउरामै धेरै सामग्री पाक्ने गरेको उनले बताइन्।

उनीहरूले माटोबाट घैँटा, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री तयार पारी बिक्री गर्दै आएका छन्। पछिल्लो समय दसैँ, तिहारजस्ता पर्वमा बत्ती बाल्ने पाला, घरमा पुष्प रोप्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै बिक्री हुने उनी बताउँछन्।

उनले यसरी बनाइएका सामग्री पहिले बोकेरै बिक्री गर्न गाउँगाउँ जाने गरे पनि पछिल्लो समय घरबाटै बिक्री हुने गरेको बताए। 'पहिले बनाएका सामग्री बिक्रीका लागि आफै जानुपर्ने अवस्था थियो, तर अहिले घरबाटै बिक्री हुने गर्दछन्', उनले भने, 'हामीले बनाइदिन्छौँ, व्यापारी घरमै आएर लग्ने गर्छन्।'

विगतको तुलनामा कम बिक्री

पछिल्लो समय माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी हुँदै आएको छ। प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी आएको गढवा गाउँपालिका-३ गैरा निवासी कमला कुमाल बताउँछिन्। विशेषगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाडा बिक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उनको भनाइ छ।

दसैँ, तिहारलगायतका पर्वमा बिक्री हुने पालालाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्तीसँगै घैँटा, मट्टे, करुवा, गिलासलाई धातु र प्लास्टिकका गिलासले विस्थापित गरे पनि पछिल्लो समय परम्परागत सामग्रीले प्राथमिकता पाउन थालेपछि केही उत्साह थपिएको उनको भनाइ छ। उनका अनुसार पछिल्लो समय मट्का चियाका लागि गिलाससँगै कार्यक्रममा सजाउनका लागि गमला, मट्टेलगायतका भाँडा बिक्री हुने गरेकोउनी बताउँछन्। रासस


प्रकाशित : आइतबार, असोज २८ २०८००७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend