बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

पृथ्वीराजमार्गको मादी नदीमा बन्ने भयो पुल, दसैँलगत्तै निर्माण थालिने

images
आइतबार, असोज २८ २०८०
images
images
पृथ्वीराजमार्गको मादी नदीमा बन्ने भयो पुल, दसैँलगत्तै निर्माण थालिने
सांकेतिक तस्बिर

पुल निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ।

images
images

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ। मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो। 

images
images
images

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो। मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ। सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिन अगाडि स्वीकृत भएको हो।

images

उक्त पुल निर्माणको तयारी सुरु भइसकेको र दसैँ सकिनेबित्तिकै काम थालनी हुने मुग्लिन-पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनले भने, 'पुलको डिजाइन स्वीकृत भएको छ। दसैँ सकिएलगत्तै निर्माणको चरणमा जान्छ।'

images
images
images

उक्त पुल निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरिएको पाण्डेले जानकारी दिए।

उनका अनुसार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। 'आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ', उनले भने, 'सरकारले पश्चिम खण्डमा ठेक्का तोड्नेबारे छलफलसमेत गरिरहेको छ।'

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ बैशाख २ गतेदेखि सुरु भएको थियो। ४१ दशमलव ४५ किमीको यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। यस खण्डको काम सक्नुपर्ने अन्तिम म्याद विसं २०८१ बैशाखसम्म रहेको छ। पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भइ विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको इन्जिनियर पाण्डेले बताए। उनका अनुसार पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा ठोक्का भएको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज २८ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend