बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

सर्लाहीका उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड रूपैयाँ

images
आइतबार, असोज २८ २०८०
images
images
सर्लाहीका उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड रूपैयाँ
फाइल तस्बिर

उखु बेचेको सात महिना बित्दा पनि सर्लाहीका किसानले अनुदानबापतको रकम पाएका छैनन्। पटकपटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले अनुदान रकम पठाउन आलटाल गर्दै आएको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउँछन्।

images
images

सर्लाही- सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोड रूपैयाँभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन्।

images
images
images

जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख रूपैयाँ क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल ७० रूपैयाँका दरले २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रूपैयाँ उखु बेचेको सात महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए।

images

उनका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन्। उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए।

images
images
images

जिल्लाका इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९/८० मा १८ हजार दुई सय ८६ किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए। त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका-४ का किसान केदारनाथ प्रसाईँले गुनासो गरे।

अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए। उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाउन सकिने छ।

सरकारले आव २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल छ सय १० रूपैयाँ निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल पाँच सय ४० रूपैयाँ भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० रूपैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको नेपाल उखु उत्पादन किसान महासंघका अध्यक्ष मैनालीले बताए। उनका अनुसार राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु उत्पादक किसानले नपाउँदा किसानमा थप निराशा छाएको छ।

आफूहरुले पटकपटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाए। गत वर्ष पनि दसैँको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो। रासस


प्रकाशित : आइतबार, असोज २८ २०८००५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend