बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

मनाङ एयरको एओसी निलम्बनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २७ २०८०
images
images
मनाङ एयरको एओसी निलम्बनमा

यसरी छोटो अवधिमा पटकपटक हेलिकप्टर दुर्घटना भएको मनाङ एयरको खराब उडान सुरक्षाको कारण देखाउँदै उड्डयन प्राधिकरणले एओसी निलम्बन गरेको हो।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ।

images
images
images

आज शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। यसअघि पनि ११ जुलाईमा मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकप्टर दुर्घटना भएको थियो।

images

यसरी छोटो अवधिमा पटकपटक हेलिकप्टर दुर्घटना भएको मनाङ एयरको खराब उडान सुरक्षाको कारण देखाउँदै उड्डयन प्राधिकरणले एओसी निलम्बन गरेको हो।

images
images
images

आज भएको दुर्घटनामा पाइलट प्रकाश सेढाइ घाइते भएका छन्। पाइलटलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइसकिएको छ। यात्रु लिन गएको हेलिकप्टर अवतरणको क्रममा अनियन्त्रित भइ दुर्घटना भएको थियो। हेलिकप्टरमा पाइलट मात्रै थिए। घाइते पाइलट अहिले खतरामुक्त छन्। दुर्घटनाका बारेमा छानबीन गर्नका लागि प्राधिकरणले जाँचबुझ समिति पनि बनाएको छ। 

योसँगै मनाङ एयरको हेलिकप्टर सकिएको छ। यसअघि ११ जुलाईमा नाइन एन-एएमभी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाको मृत्यु भएको थियो।


प्रकाशित : शनिबार, असोज २७ २०८००८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend