बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

घोराही-तुलसीपुर सडक : निर्माणको काम पुन: सुरु हुँदै, तिहारलगत्तै बोलपत्र आह्वानको तयारी

images
शनिबार, असोज २७ २०८०
images
images
घोराही-तुलसीपुर सडक : निर्माणको काम पुन: सुरु हुँदै, तिहारलगत्तै बोलपत्र आह्वानको तयारी

यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ।

images
images

तुलसीपुर- दाङस्थित घोराही-तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुने भएको छ।

images
images
images

पाँच वर्षदेखि अलपत्र परेको चार लेन सडक निर्माणका लागि तिहारलगत्तै बोलपत्र आह्वान गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। घोराही-तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको जानकारी दिँदै मन्त्री शर्माले भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको बताइन्।

images

शनिबार तुलसीपुर उपमहानगरपालिका-१६ मा नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले यसबारे जानकारी गराएकी हुन्। 

images
images
images

हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ। यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ। बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन्।


प्रकाशित : शनिबार, असोज २७ २०८००७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend