बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

पर्यटन उद्यमी शाहलाई एसियन प्रोफेसनल आउटस्ट्यान्डिङ हस्पिटालिटी अवार्ड

images
शनिबार, असोज २७ २०८०
images
images
पर्यटन उद्यमी शाहलाई एसियन प्रोफेसनल आउटस्ट्यान्डिङ हस्पिटालिटी अवार्ड

आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वका लागि परिचित अभिषेक विक्रम शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा लामो अनुभव रहेको छ।

images
images

काठमाडौं- पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई आउटस्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ।

images
images
images

व्यवसायी शाहलाई पर्यटन क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डअन्तर्गतको आउटस्ट्यान्डिङ हस्पिटालिटी अवार्ड प्रदान गरिएको हो। 

images

वेष्ट रिसोर्टका सञ्चालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उक्त अवार्ड प्रदान गरेका हुन्। नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत उक्त अवार्ड प्रदान गरिएको हो।

images
images
images

आफ्नो प्रतिबद्धता र उदाहरणीय नेतृत्वका लागि परिचित शाहको पर्यटन उद्योगमा दुई दशकभन्दा लामो अनुभव रहेको छ। शाहले होटल/मोटेल/प्रशासन/व्यवस्थापनमा स्नातक हासिल गरेका छन्। 

सोल्टी होटलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका उनले हायात रेजेन्सी, समिट ग्रुप होटल एण्ड रिसोर्टमा काम गरे। दुई दशकभन्दा लामो समय पर्यटन उद्योगमा समय बिताएका शाहले काठमाडौंको पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्स लिमिटेडको महाप्रबन्धकको रूपमा सात वर्ष काम गरे जहाँ उनले आफ्नो सफल छाप छाडे।

उनको दूरदर्शी नेतृत्वमा चन्द्रागिरी हिल्सले नेपालको पर्यटन परिदृश्यमा आफ्नो स्थान उँचो बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रतिष्ठित गन्तव्यमा परिणत भएको छ।

पर्यटन उद्योगमा ठूलो योगदान पुर्‍याएका शाहले भारतको पर्यटन विकास निगमबाट सन् २०१९ मा प्रतिष्ठित 'वर्षको युवा महाप्रबन्धक' पुरस्कार प्राप्त गरेका छन्। यसबाहेक, पर्यटन र आतिथ्य उद्योगमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड, लन्डनमार्फत अन्तर्राष्ट्रिय मान्यता प्रदान गरियो। यस्तै शाहलाई नेपाल सरकारले राष्ट्रको लागि उत्कृष्ट सेवाको कदर गर्दै प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरेको थियो।


प्रकाशित : शनिबार, असोज २७ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend