शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

काठमाडौं महानगरले पानी उद्योगलाई तिरायो एक लाख जरिवाना

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
images
images
काठमाडौं महानगरले पानी उद्योगलाई तिरायो एक लाख जरिवाना

महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ।

images

काठमाडौं- काठमाडौं महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ। बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाले जानकारी दिए।

images
images

पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उनको भनाइ छ। बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो। महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ।

images
images

काठमाडौं महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख जरिवाना गरेको थियो।

images
images
images


प्रकाशित : शुक्रबार, असोज २६ २०८००४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend