काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्थागत र संरचनागत व्यवस्थालक्षित टिप्पणी गरेका छन्। उनले नेपाल राष्ट्र बैंकप्रति लक्षित गर्दै कानून तथा परम्पराको नाममा बन्धक हुन नहुने बताएका छन्।
'परम्परा, स्वायत्तताको कुरा होला तर पनि अन्तिम उत्तरदायित्व राजनीतिक नेतृत्वमा हुन्छ' नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय बहस कार्यक्रममा बोल्दै उनले भने।
यसअघि पनि प्रधानमन्त्री दाहालले राष्ट्र बैंकको स्वायत्ततालक्षित यस्तै टिप्पणी गरेका थिए।
यस्तै आर्थिक समस्या समाधानका लागि सामान्य सुधारले नपुग्ने उनको भनाइ छ। नीतिगत अपरेसनको आवश्यकता रहेकोसमेत उनले बताए।