शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

उद्योगमा होल्ड भएको चिनी सरकारलाई दिन व्यवसायी सहमत, कति दिने भन्ने आज सहमति हुँदै

साल्ट ट्रेडिङ कम्पनीमार्फत बिक्रीको तयारी

images
images
images
उद्योगमा होल्ड भएको चिनी सरकारलाई दिन व्यवसायी सहमत, कति दिने भन्ने आज सहमति हुँदै

अहिले वेभरेज कम्पनीले होल्ड गरेको ५ हजार मेट्रिक टन चिनी लिइ साल्ट ट्रेडिङमार्फत बिक्री गर्ने र बजार अभाव कम गराउने सरकारी लक्ष्य रहेको छ। 

images
images

काठमाडौं- वेभरेज कम्पनीहरूले एडभान्स दिएर उद्योगमा स्टक राखेको चिनी अन्तत: सरकारले खरिद गर्ने भएको छ। सरकारले खरिद गर्दै साल्ट ट्रेडिङमार्फत बजारमा चिनी पठाउने तयारी भएको हो।

images
images
images

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको सहभागीमा मंगलबार वेभरेज कम्पनी र चिनी उद्योगीहरूसँग मन्त्रालयमा छलफल भएको थियो। छलफलमा मन्त्री रिजाललले जनताले चाडपर्वमा चिनी नपाएको भन्दै सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका थिए।

images

मन्त्री रिजालले उद्योगमा स्टक रहने र जनताले चिनी नपाउने अवस्था आएमा सरकारले चिनीमा हस्तक्षेप गर्ने बताउँदै व्यवसायीलाई आग्रह गरेका थिए। मन्त्रीको आग्रहलाई स्वीकार गर्दै वेभरेज कम्पनीले एडभान्स दिएर राखेको सबै परिमाण दिन नसक्ने तर बजार अभाव थेग्न सक्ने गरी चिनी दिने प्रतिवद्धता गरेका थिए।

images

वेभरेज कम्पनीहरूले एभरेष्ट र हिमाल चिनी उद्योगमा एडभान्स दिएर राखेको केही चिनी उठाइसकेको बताएका थिए। १२ हजार मेट्रिक टन जति चिनी बाँकी रहेको र त्यसको केही परिमाण सरकारलाई दिने उनीहरूले बताएका थिए। तर कति चिनी सरकारलाई दिने भन्ने विषयमा भने बुधबारमात्रै निर्णय गर्नसक्ने भन्दै वेभरेज कम्पनीहरू वार्ता स्थलबाट बाहिरिएका थिए।

images
images

सरकारले भने स्टकमा रहेको चिनीमध्ये ५० प्रतिशत चिनी दिन उनीहरूलाई आग्रह गरेको छ। ५ हजार मेट्रिक टनमात्रै चिनी पाएको अवस्थामा अहिलेको बजार अभाव रोकिने सरकारको आँकलन छ।

अहिले काठमाडौं उपत्यकामा मात्रै चिनी अभाव रहेको र वेभरेज कम्पनीहरूले ५ हजार मेट्रिक टन चिनी दिएमा दसैँमा कुनै अभाव नहुने मन्त्रालयको दाबी छ। दसैँलगत्तै भने १० हजार चिनी आउने मन्त्रालयको भनाइ छ।

साल्ट ट्रेडिङले चिनी खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याइसकेको छ। ट्रेडिङले १० हजार मेट्रिक टन चिनी खरिदका लागि टेन्डर गरेर कम्पनी छनोटलाई अन्तिम चरणमा पुर्‍याएको छ।

अहिले वेभरेज कम्पनीले होल्ड गरेको ५ हजार मेट्रिक टन चिनी लिइ साल्ट ट्रेडिङमार्फत बिक्री गर्ने र बजार अभाव कम गराउने सरकारी लक्ष्य रहेको छ। 

images

प्रकाशित : बुधबार, असोज २४ २०८००४:२८

प्रतिक्रिया दिनुहोस