शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

अवस्था संवेदनशील छ, तत्काल इजरायल भ्रमण नगरौँ : परराष्ट्रमन्त्री

images
images
images
अवस्था संवेदनशील छ, तत्काल इजरायल भ्रमण नगरौँ : परराष्ट्रमन्त्री

राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगतरुपमा इजरायल भ्रमण नगर्न परराष्ट्रमन्त्रीले आग्रह गरेका छन्।

images
images

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक तत्काल व्यक्तिगत र पार्टीगतरुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।

images
images
images

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन्। मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि पनि उनले आग्रह गरे।

images

'अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगतरुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ', उनले भने, 'यो अवस्थालाई राजनीतिकरण नगरौँ।'

images

बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए। रासस

images
images

images

प्रकाशित : मंगलबार, असोज २३ २०८००६:४५

प्रतिक्रिया दिनुहोस