शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

श्रम बजारमा लैंगिक विभेदमाथि अनुसन्धान गर्ने अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार 

अर्थशास्त्रको नोबेल जित्ने तेस्रो महिला, एकल पाउनेमा पहिलो 

images
सोमबार, असोज २२ २०८०
images
images
श्रम बजारमा लैंगिक विभेदमाथि अनुसन्धान गर्ने अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार 

ऐतिहासिक रुपमै महिलाको रोजगारी र आयमा असमानता भएपनि पछिल्लो समय सुधार भएको छ। नोबेल विजेता अर्थशास्त्री गोल्डिनले अझै पनि असमानता कायम रहेको बताएकी छन्। 

images

काठमाडौं- यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री प्राध्यापक क्लाउडिया गोल्डिनले पाएकी छन्। श्रम बजारमा महिलामाथि भइरहेको सदियौँ लामो असमानताका विषयमा उनले गरेको अनुसन्धानलाई नोबेल पुरस्कार दिइएको हो। 

images
images

दुई सय वर्षको अमेरिकी बजारको तथ्यांक केलाएर उनले श्रम बजारमा महिलमाथिको अन्यायका बारेमा अनुसन्धान गरेकी थिइन्। श्रम बजारमा महिलको योगदान र श्रमलाई प्रष्टसँग बुझाउनेगरि उनले अनुसन्धान गरेकी थिइन्। 

images
images

कृषिबाट औद्योगिक युगमा संसार प्रवेश गरेपछि श्रम बजारमा हिलाको उपस्थिति खस्किएको थियो। त्यसपछि अर्थतन्त्र आधुनिक भएपछि पनि सन्तोषजनक सुधार भएको छैन। पुरूषको तुलनामान न्यून आम्दानी भइरहेको लगायतका विषयमा उनले आफ्नो अनुसन्धानमा समेटेकी छिन्। 

images
images
images

महिलाको कर्म र परिवार, शिक्षा, परिवार नियोजन पिलको जागिर तथा विवाहको निर्णयमा पार्ने प्रभावका विषयमा उनले अनुसन्धान गरेकी छिन्। विवाहपछि हुने थरमा परिवर्तनले महिलाको नयाँ जीवन चक्रले पार्ने प्रभावका बारेमा पनि उनले अध्ययन गरेकी छिन्। 

ऐतिहासिक रुपमै महिलाको रोजगारी र आयमा असमानता भएपनि पछिल्लो समय सुधार भएको छ। नोबेल विजेता अर्थशास्त्री गोल्डिनले अझै पनि असमानता कायम रहेको बताएकी छिन्। 

‘अहिलेसम्मकै धेरै महिला रोजगारीको बिन्दमा हामी आइपुगेका छौं तर अझै पनि असमानता छ’ दी हार्वर्ड ग्याजेट्ससँगको अन्तर्वार्तामा  उनले भनेकी छन्,’ यी असमानता घर परिवारभित्रै छन्।’ 

कोर्नेल विश्वविद्यालयबाट सन् १९६७ मा ग्र्याजुयट भएकी उनले युनिभर्सिटी अफ चिगाकोमा काम गरेकी छन्। सन् १९९० मा भने हार्वर्ड विश्वविद्यालयमा प्राध्यापकको रुपमा भित्रिएकी थिइन्। 

’करियर एण्ड फ्यामिली : वमेन’स सेन्चुरी -लङ जर्नी टुवार्ड इक्विटी’ पुस्तककी लेखिकासमेत गोल्डिन अर्थशास्त्रको नोबेल जित्ने तेस्रो महिला हुन्। एकल पुरस्कार पाउने भने उनी पहिलो महिला हुन्।


प्रकाशित : सोमबार, असोज २२ २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend