शुक्रबार, साउन २ गते २०८२    
शुक्रबार, साउन २ २०८२
images
images

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु : मंगलबार राष्ट्रिय शोक, परिवारलाई १० लाख रूपैयाँ राहत दिने सरकारको निर्णय

images
सोमबार, असोज २२ २०८०
images
images
इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु :  मंगलबार राष्ट्रिय शोक, परिवारलाई १० लाख रूपैयाँ राहत दिने सरकारको निर्णय
images

काठमाडौं- सरकारले इजरायलमा १० नेपालीको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ। 

images
images

सोमबार बसेको मन्त्रिपरिषद्‌को विशेष बैठकले उक्त निर्णय गरेको हो। यस्तै बैठकले इजरायल घटनामा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णय पनि गरेको छ।

images
images

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्री शर्माका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउने तयारी भएको छ।

images
images
images

यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि भएको छ।

इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी नेपालबाट गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ।


प्रकाशित : सोमबार, असोज २२ २०८०११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend