काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले चार्डपर्व विशेष अनुमगन गरिरहेको छ। विभागको नेतृत्वमा सबै वस्तुको अनुगम हुनेगरि बनाइएको १० र २ वटा विशेष गरी १२ वटा टोलीले बजार अनुगमन गरिरहेको छ।
विभागका अनुसार असोज १ गतेबाट २२ गतेसम्ममा गरी कुल ५ सय ९७ वटा पसलहरुमा अनुगमन भएको छ। जसमा १ सय ५९ लाई जरिवान गरिएको छ। विभागका अनुसार ती पसलहरुलाई ४९ लाख ३२ हजार रूपैयाँ जरिवाना भएको छ।
१ सय ६३ वटा फर्मसँग कागजपत्र माग गरिएको छ भने ११ वटा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ। यसैगरी २० वटा फर्ममा १ करोड रूपैयाँभन्दा बढी सामान जफत गरी नष्ट गरिएको छ।