बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

मदन भण्डारी राजमार्गमा १०८ पुल निर्माण

images
सोमबार, असोज २२ २०८०
images
मदन भण्डारी राजमार्गमा १०८ पुल निर्माण

आयोजनाको समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा पुल निर्माणको प्रगति ५८ प्रतिशत छ। 

images
images

काठमाडौं- पूर्व-पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ। जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा धेरै पुल निर्माण भएर सञ्चालनमा आएको उक्त आयोजनाको निर्देशनालयले जनाएको छ। 

images
images
images

हाल निर्माणको क्रममा ४५ पुल रहेको निर्देशनालयका सूचना अधिकारी ई. शिव तिमल्सिनाले जानकारी दिए। डिजाइन भएर ठेक्कामा जान बाँकी छैन। उनले भने, 'आयोजनाका सबै पुल डिजाइन बिल्डबाट निर्माण भइरहेको छ। डिजाइन भएका पुल सबै निर्माण भैसकेका छन्।'

images
images

उक्त आयोजनाले निर्माण गर्न बाँकीमा एउटा ठूलो पुल कणार्लीमा रहेको छ। अधिकांश भने साना पुल रहेका थिए। आयोजनाको हालसम्मको प्रगतिमा पुल निर्माणको प्रगति सडकभन्दा बढी छ। समष्टिगत प्रगति ४५ प्रतिशत रहेकामा पुल निर्माणको प्रगति ५८ प्रतिशत छ। 

images
images

वार्षिक बजेट विनियोजन न्यून भएको र सडकसँगै पुल निर्माणका लागि समस्याका रुपमा रहेको सूचना अधिकारी तिमल्सिनाले बताए। हरेक वर्ष सुरुमा विनियोजनभन्दा दोबर-तेब्बर खर्च भइरहेको उनको भनाइ थियो। सूचना अधिकारी तिमल्सिनाले भन्नुभयो, 'खर्च बढी भइरहे पनि सुरु विनियोजन बढ्न सकेको छैन।' टेण्डर आह्वान  गर्न पनि सुरुमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताका लागि सहमति लिनुपर्ने उनले बताए। 

त्यसैले जतिजति सुनिश्चितता भयो त्यतित्यति काम भइरहेको छ। बाँकी पुल निर्माणका लागि पनि यसै वर्ष नै टेण्डर आह्वान हुने स्थिति नदेखिएको योजनाले जनाएको छ। बजेट विनियोजन कम हुनु र थप बजेटका लागि पनि अहिले देशको आर्थिक अवस्थाका कारण ढुक्क हुने अवस्था देखिँदैन।

गत आवमा दस पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १४ पुल पूरा भएको थियो। दमकस्थित योजना कार्यालयले छ, हेटौँडास्थित कार्यालयले पाँच र गाईघाटस्थित कार्यालयले तीन पुल निर्माण गरेका थिए। रासस


प्रकाशित : सोमबार, असोज २२ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend