बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काठमाडौंका यी तीन सडकलाई वान वे बनाउँदै महानगर

images
सोमबार, असोज २२ २०८०
images
काठमाडौंका यी तीन सडकलाई वान वे बनाउँदै महानगर

पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ।

images
images
images

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडकखण्डलाई एकतर्फी (वान वे) बनाउन लागिएको हो।  

images
images

अब काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडकखण्डमा प्रवेश गर्न पाइँदैन। त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ। 

images
images

पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन। यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको महानगरले जनाएको छ।


प्रकाशित : सोमबार, असोज २२ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend