बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सुदूरपश्चिम सरकारले इजरायल घटनामा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने

images
सोमबार, असोज २२ २०८०
images
सुदूरपश्चिम सरकारले इजरायल घटनामा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने

इजरायलमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सातजना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ।

images
images

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ। आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्।

images
images
images

मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदनासमेत व्यक्त गरेका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन्।

images
images

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ। उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि संकायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ। रासस

images
images


प्रकाशित : सोमबार, असोज २२ २०८००७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend