सोमबार, वैशाख १७ गते २०८१    
images
images

पौने ७ अर्बमा खरिद गरिएको चिनियाँ जहाजको बिक्री मूल्य १६ करोड मात्रै, पार्ट-पार्ट गरेर बिक्री गर्दाको मूल्य भने ३८ करोड

सञ्चालक समितिबाट स्वीकृत गराउन भन्दै फाइल निगममा नै फिर्ता

images
images
images
पौने ७ अर्बमा खरिद गरिएको चिनियाँ जहाजको बिक्री मूल्य १६ करोड मात्रै, पार्ट-पार्ट गरेर बिक्री गर्दाको मूल्य भने ३८ करोड

कम्पनीले चिनियाँ जहाजको मूल्य अति नै न्यून निर्धारण गरेका कारण चिनियाँ दूतावासले २ देशबीचको सम्झौतामा खरिद भएका जहाज बिक्री गर्न नदिन दबाब दिँदै आएको छ। कम मूल्यमा चिनियाँ जहाज बिक्री हुँदा आफ्नो देशले उत्पादन गरेको जहाजको विषयमा विश्वभरी नकारात्मक सन्देश जाने भन्दै जहाज बिक्री गर्न नदिने लबिङ गरिरहेको स्रोतको दाबी छ। 

images
images

काठमाडौं- नेपाल वायु सेवा निगमको पाँच वटा (२ वटा एमए-६० र ३ वटा वाई-१२) चिनियाँ जहाजको बिक्री मूल्य निर्धारण भएको छ। निगमले मूल्य निर्धारणका लागि अमेरिकी कम्पनी एभिएसन एसेस्ट म्यानेजमेन्ट इन्टरनेसनल छनोट गरेको थियो। कम्पनीले पाँच वटा जहाज सिंगोरूपमा १२ लाख ३६ हजार ७ सय ५२ डलर अर्थात् १६ करोड ५१ रुपैयाँमा बिक्री गर्न सकिने गरी मूल्य निर्धारणको रिपोर्ट बुझाएको हो।

images
images
images

तर एउटा वाई-१२ जहाज भने सिंगो जहाजकैरुपमा बिक्री हुन नसक्ने रिपोर्ट आएको छ। कम्पनीले ३ वटा वाई-१२ र २ वटा एमए-६० जहाजलाई सिंगो जहाजको रुपमा बिक्री नगरी पार्टपुर्जा निकालेर बिक्री गर्दा भने २८ लाख ७५ हजार डलर अर्थात् ३८ करोड ३८ लाख रुपैयाँमा बिक्री गर्न सकिने रिपोर्ट कम्पनीले दिएको हो।

images

यसैगरी कम्पनीले चिनियाँ जहाजको पार्टपुर्जालाई जेजस्तो अवस्थामा रहेको छ सोहीरुपमा बेच्दा ३ लाख ५९ हजार ३ सय ३४ डलर अर्थात् ४ करोड ७९ लाख ७१ हजार रुपैयाँमा बिक्री गर्न सकिने र पार्टपुर्जालाई पनि काटकुट गरेर बिक्री गर्दा भने १ लाख ३८ हजार ५ सय ५१ डलर अर्थात् १ करोड ८४ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्न सकिने रिपोर्ट दिएको छ।

images

समग्रमा २ वटा एमए-६० र ३ वटा वाई-१२ जहाज तथा जहाजको पार्टपुर्जा सिंगोरुपमा नै बिक्री गर्दा २१ करोड २० लाख रुपैयाँमा बिक्री गर्न सकिने गरी मूल्य निर्धारण भएको हो। (प्रतिडलर मूल्य १ सय ३३ रूपैयाँ ५० पैसाको दरमा हिसाब गरिएको) 

images
images

जहाजलाई पार्ट-पार्ट गरेर तथा पार्टपुर्जालाई पनि काटकुट गरेर बिक्री गर्दा भने ४० लाख २३ करोड रुपैयाँ सम्ममा बिक्री गर्न सकिने रिपोर्ट कम्पनीले निगमलाई बुझाएको हो। जहाज तथा जहाजको पार्टपुर्जा बिक्रीका लागि बिक्री मूल्य निर्धारणका लागि छनोट भएको कम्पनीले करिब २ महिना अगाडि निगमलाई रिपोर्ट बुझाएको थियो।

कुन जहाज र कस्तो पार्टपुर्जाको मूल्य कति?

plane rate'.jpg

 सञ्चालक समितबाट स्वीकृत नभएपछि सिधै मन्त्रालयमा पेस

निगम व्यवस्थापनले रिपोर्ट सञ्चालक समितिमा पेस गरेको थियो। तर सञ्चालकहरुले उक्त मूल्यमा जहाज बिक्री हुन नसक्ने भन्दै विरोध गरेका थियो। सञ्चालक समितिबाट स्वीकृत हुन नसकेपछि निगम अध्यक्ष युवराज अधिकारीले सिधै जहाज बिक्रीको लागि तय भएको मूल्य समितिको विवरण मन्त्रालयबाट स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएका थिए। मन्त्रालयले सञ्चालक समितिबाट स्वीकृत नभइ आएको फाइल पुन: सञ्चालक समितिबाट अनुमोदन गराएर पठाउन भन्दै फिर्ता गरिदिएको थियो।

जहाज बिक्रीका लागि तय भएको मूल्य र कम्पनीलाई जहाजको मूल्य निर्धारणमा खर्चिएको रकमको विषयमा निगममा खैलाबैला नै भएको छ। निगम सञ्चालकहरुले पौने ७ अर्बमा खरिद गरिएका ४ वटा वाई-१२ र २ वटा एमए-६० जहाजमध्ये एउटा वाई-१२ उडान नै गर्न नमिल्ने अवस्थामा पुगेपछि बीमाबाट रकम लिइसकेको र बाँकी ५ वटा जहाज २२ करोड रूपैयाँमा बिक्री गर्न सहमति दिन नसकिने बताएका छन्।

योसँगै निगम व्यवस्थापनलाई अर्को झन्झट आइपरेको छ। अब पुन: जहाजको बिक्री मूल्य तय गर्न कम्पनी खोज्दा थप २६ लाख रूपैयाँ खर्च हुने हुँदा व्यवस्थापन यो विषयलाई गुपचुप नै राख्ने मनस्थितमा पुगेको छ।

नेपाल वायुसेवा निगमले २०७७ साउनदेखि उडान बन्द गराएको चिनियाँ जहाज व्यवस्थापनमा ढिलाइ भइरहेको थियो। झन् बिक्री मूल्य निर्धारण अति नै कम भएपछि यो जहाज व्यवस्थापनमा झन ढिला हुने निश्चित भएको छ। चिनियाँ जहाज भाडामा कसैले पनि नलिएपछि निगमले २०७९ मंसिरबाट बिक्री प्रक्रिया सुरु गरेको थियो। चिनियाँ जहाज बिक्रीको लागि मूल्य निर्धारण गर्न भन्दै २०२३ को जनवरीमा ४ वटा कम्पनी सर्ट लिष्ट भएका थिए।

सहभागी ४ वटा कम्पनीमध्ये एभिएसन एसेस्ट म्यानेजमेन्ट इन्टरनेसनलले जहाजको मूल्य निर्धारणका लागि जिम्मा पाएको थियो। कम्पनीले २ महिना अगाडि नै ३ वटा वाई १२ र २ वटा एमए-६० जहाजको न्यूनतम बिक्री मूल्य निर्धारण गरेर निगमलाई बुझाएको थियो। कम्पनीले ३ वटा वाई-१२ र २ वटा एमए-६० को मूल्य २२ करोड नेपाली रूपैयाँ मात्रै हुने गरी रिपोर्ट बुझाएको थियो।

कम्पनीले चिनियाँ जहाजको मूल्य अति नै न्यून निर्धारण गरेका कारण चिनियाँ दूतावासले दुई देशबीचको सम्झौतामा खरिद भएका जहाज बिक्री गर्न नदिन दबाब दिँदै आएको छ। कम मूल्यमा चिनियाँ जहाज बिक्री हुँदा आफ्नो देशले उत्पादन गरेको जहाजको विषयमा विश्वभरी नकारात्मक सन्देश जाने भन्दै जहाज बिक्री गर्न नदिने लबिङ गरिरहेको स्रोतको दाबी छ। 

'चिनियाँ लबिङकै कारण चिनियाँ जहाज बिक्री प्रक्रियामा ढिलासुस्ती भएको छ,' स्रोतले भन्यो, 'होइन भने किन मूल्य निर्धारण प्रक्रियापछि जहाज बिक्रीको सबै प्रक्रिया रोकियो।' यस विषयमा निगमका कोही पनि बोल्न चाहँदैनन्। निगम स्रोतका अनुसार पछिल्लो पटक सम्पत्ति तथा दायित्व मूल्यांकनमा तय भएको मूल्यको ६ प्रतिशत मात्रै हुने गरी मूल्य निर्धारण भएको भन्दै चिनियाँ पक्षबाट जहाज बिक्री प्रक्रियामा हस्तक्षेप भएको छ।

पछिल्लो पटक ४ वटा वाई-१२ र २ वटा एमए-६० जहाजको मूल्यांकन ३ अर्ब ८१ करोड १० रूपैयाँमात्रै भएको थियो। ४ वटा वाई-१२ मध्ये एउटा २०७६ चैतमा नेपालगञ्जमा अवतरणको क्रममा दुर्घटना भएपछि उडानयोग्य छैन। पछिल्लो पटकको सम्पत्ति तथा दायित्व मूल्यांकनमा ४ वटा वाई-१२ र २ वटा एमए-६० जहाजको मूल्यांकन भएको थियो। 

नेपाल र चीन सरकारबीच अनुदान र सहुलियत दरको ऋणमा निगमलाई आर्थिकरुपमा बोझ गराउने ६ वटा चिनियाँ जहाज खरिदमा पौने ७ अर्ब रूपैयाँ खर्च भएको थियो। जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रूपैयाँ खर्च गरेको थियो। कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो।

चिनियाँ जहाज व्यवस्थापनको विषय कसरी आएको थियो?

निगमले २०७७ साउनदेखि चिनियाँ जहाजको उडान नगर्ने उद्घोष गर्दै ग्राउन्डेड गरेको थियो। तत्कालीन समयमा निगम व्यवस्थापले अध्ययन गरेर चिनियाँ जहाजबाट निगमलाई आर्थिक बोझ थपिएको र उडानमा समेत समस्या रहेको भन्दै जहाज उडान नगर्ने निर्णय गरेको थियो।

निगमको निर्णयलाई त्यतिबेला अर्थ मन्त्रालयले समेत सहमति दिएको थियो। अर्थ मन्त्रालयले चिनियाँ जहाज व्यवस्थापन गर्न २०७७ फागुनमै सहमति दिएको थियो। अर्थले चिनियाँ जहाज सकेसम्म भाडामा दिन र भाडामा दिन नसकेको अवस्थामा बिक्री गर्न सहमति दिएको थियो।

सोहीअनुसार तत्कालीन निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले चिनियाँ जहाज भाडामा लगाउने विषयमा अध्ययन गराएका थिए। अध्ययनसँगै उनले जहाज भाडामा लगाउने गरी टेन्डर गर्ने तयारी गरेका थिए।

तर केपी ओली शर्मा नेतृत्वको सरकार ढलेसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो। देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री बनेका प्रेम आलेले डिमप्रकाश पौडेललाई निगमबाट हटाएर निगम कार्यकारी अध्यक्षमा निगमकै पूर्वकर्मचारी युवराज अधिकारीलाई ल्याए।

अधिकारी र मन्त्री आलेले जहाज भाडामा लगाउने नभइ पुन: निगमले नै उडान गर्ने उद्घोष गरे। जहाज उडानयोग्य बनाउका लागि के कति खर्च लाग्छ भन्ने विषयमा अध्ययन समिति बनाइयो।

अध्ययन समितिले जहाज उडानयोग्य बनाउनदेखि सबै कामका लागि आधा अर्ब खर्च लाग्ने रिपोर्ट दियो। तत्कालीन मन्त्री आले र अधिकारीले कमिसनको लोभमा जहाज उडान गर्ने प्रस्ताव निगम सञ्चालक समितिमा पेस गरे।

अधिकारीले पेस गरेको प्रस्ताव सञ्चालक समितिबाट पारित हुन सकेन। जहाज उडानको विषय त्यसपछि कागजमै सीमित भएको थियो। आले पर्यटन मन्त्रीबाट हटेसँगै जहाज उडानको विषय सुनसान भएको थियो। उडानको योजना तुहिएपछि निगमले अर्थ मन्त्रालयले दिएको सहमतिअनुसार लिज आउट एमए-६० र वाई-१२ को प्रस्ताव माग गरेको थियो।

निगमले पहिलो पटक सेप्टेम्बर १४ मा चिनियाँ जहाज भाडामा लगाउने सूचना जारी गरेको थियो। चिनियाँ जहाज भाडाका लागि गठन भएको समितिले दुईवटा वाई-१२ जहाज भाडामा लगाउँदा मासिक १ लाख ४९  हजार ६ सय ९६ डलर आम्दानी गर्न सक्ने रिपोर्ट दिएको थियो।

जहाज भाडामा लगाउने विषयमा बनेको उपसमितिले कलसाइन ९ एन एकेक्यु एमए-६० जहाज मासिक भाडा न्यूनतम ७९ हजार ६४ डलर र कलसाइन ९ एन एकेआर एमए-६० जहाजको मासिक न्यूनतम ७० हजार ६ सय ३२ डलर राखेर भाडामा लगाउन सक्ने रिपोर्ट बनाएको थियो।

यसैगरी उपसमितिले तीनवटा वाई-१२ जहाज मासिक न्यूनतम ९४ हजार ६ सय ७१ डलरमा भाडामा लगाउने सक्ने रिपोर्ट निगम व्यवस्थापनलाई बुझाएको थियो। उपसमितिले मासिक न्यूनतम कलसाइन ९ एन एकेएस २९ हजार ३ सय ४३ डलर, ९ एन एकेटी ३२ हजार २ सय ४० डलर र ९ एन एकेभी ३३ हजार ८८ डलरमा भाडामा लगाउन सक्ने रिपोर्ट पेस गरेको थियो।

सोही रिपोर्टमा उपसमितिले जहाज भाडामा न्यूनतम रकम राखेर स्वदेशी तथा विदेशी वायुसञ्चालकहरूलाई लिजमा सञ्चालन गर्न दिने गरी खुला प्रस्ताव गरी काम अगाडि बढाउन सक्ने उल्लेख गरेको थियो। सोही आधारमा जहाज भाडामा लगाउने प्रक्रिया सुरु भएको थियो। 

तर तोकिएको समयसीमामा कुनै पनि कम्पनीले चासो नदिएपछि निगमले पुन: दोस्रो पटक नोभेम्बर २ मा जहाज भाडामा लगाउने भन्दै सूचना जारी गरेको थियो। दोस्रो पटकको सूचनामा समेत कसैले चासो नदिएपछि निगमले पुन: चिनियाँ जहाज बिक्रीका लागि टेन्डर प्रक्रिया सुरु गरेको थियो। मंसिरदेखि सुरु भएको बिक्री प्रक्रियामा फेरि ढिलासुस्ती भएको हो।

कसरी आएका थिए चिनियाँ जहाज?

नेपाल सरकार र चिनियाँ सरकारको दुईपक्षीय सहमतिमा ४ वटा वाई-१२ र २ वटा एमए-६० जहाज सफ्ट लोन र अनुदानमा खरिद गरिएको थियो। चिनियाँ जहाज खरिद प्रक्रिया २०६८ सालबाट सुरु भएको थियो।

चिनियाँ जहाज खरिदको सम्झौता भने २०७० मंसिरमा भएको थियो। सम्झौतामा एउटा एमए-६० र एउटा वाई-१२ जहाज अनुदानमा र एउटा एमए-६० र ३ वटा वाई-१२ जहाज भने ऋण अनुदानमा लिने सम्झौता भएको थियो।

सोही सम्झौतापछि २०७१ बैशाखमा पहिलो अनुदानको एउटा एमए-६० जहाज नेपाल आएको थियो। साथै सोही वर्ष २०७१ को कात्तिकमा अर्को अनुदानबापतको एउटा वाई-१२ जहाज नेपाल आएको थियो। अनुदानका २ सहित कुल ६ जहाज नेपाल आएपछि निगमले तत्कालीन समयमा जहाज नल्याउन सरकारलाई सुझाएको थियो।

तर सरकारले जबरजस्ती बाँकी जहाज नेपाल ल्याएको थियो। त्यसपछि बाँकी जहाज भने क्रमशः २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ ल्याइएको थियो। यसैगरी निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याएको थियो। जहाज उडानबाट तथा खरिदबाट नेपाललाई १० अर्ब रूपैयाँ भन्दा बढी घाटा भएपछि व्यवस्थापनको विषय सुरू भएको थियो।

कुन जहाज कति घण्टा उडेका थिए?

नेपालले पहिलोपटक २०७१ बैशाखमा चिनियाँ एमए-६० जहाज नेपाल भित्र्याएको थियो। अर्को वाई-१२ जहाज पनि २०७१ सालकै कात्तिकमा नेपाल आएको थियो। नेपाल एयरलाइन्स स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार ४ वटा वाई-१२ र २ वटा एमए-६० गरी ६ वटा चिनियाँ जहाजले कुल ९ हजार ८ सय २९ घण्टा मात्रै उडान गरेका थिए।

यो उडान घण्टा जहाजको उडान बन्द गर्नु अगाडिसम्मको हो। जसमा ४ वटा वाई-१२ ३ हजार ७ सय ९९ घण्टा उडेको थिए। यसैगरी २ वटा एमए-६० जहाज भने ६ हजार २९ घण्टा उडेका थिए। 

images

प्रकाशित : सोमबार, असोज २२ २०८००८:२३

प्रतिक्रिया दिनुहोस