शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

दसैँमा विद्युतीय कार लिएर घर जाँदै हुनुहुन्छ? यी ठाउँमा छन् चार्जिङ स्टेसन

एपबाटै बुकिङ र भुक्तानी गर्न सकिने

images
images
images
दसैँमा विद्युतीय कार लिएर घर जाँदै हुनुहुन्छ? यी ठाउँमा छन् चार्जिङ स्टेसन

नेपालमा विद्युतीय सवारीको बिक्री बढेसँगै सवारी आयातकर्ताहरुसँगै प्राधिकरणले समेत चार्जिङ स्टेसन बनाइसकेको छ। चार्जिङ स्टेसन थपिनेक्रम जारी नै छ।

images
images

काठमाडौं- आईसी इन्जिनयुक्त कार सञ्चालनका लागि पेट्रोल/डिजेलमा जति खर्चनु पर्छ विद्युतीय कारका लागि ज्यादै न्यून मूल्यको बिजुली भए पुग्छ। संसारले शून्य प्रदूषण सवारी अबको मोविलिटीका रुपमा स्वीकार गरिसक्यो। नेपालमा पनि जोडदाररुपमा विद्युतीय सवारीले लय लिँदै छ। 

images
images
images

यहाँसम्म आइपुग्दा कयौँ ब्रान्डका हजारौँ विद्युतीय सवारी नेपाली सडकमा गुड्न थालिसकेका छन्। विद्युतीय सवारीका लागि अत्यावश्यक पूर्वाधार भनेको चार्जिङ नेटवर्क र ईभीमैत्री सर्भिस सेन्टर हुन्। जति धेरै विद्युतीय सवारी बिक्री भयो त्यति नै मात्रामा चार्जिङ स्टेसन पनि थपिँदै जानु पर्छ। 

images

नेपालमा विद्युतीय सवारीको बिक्री बढ्दै जाँदा सवारी आयातकर्ताहरूसँगै प्राधिकरणले समेत चार्जिङ स्टेसन बनाइरहेको छ। चार्जिङ स्टेसन थपिने क्रम जारी छ। हालसम्म विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाएर सञ्चालनमा ल्याइसकेको छ। 

images

त्यसैगरी टाटाका सवारी आयातकर्ता कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले पनि विद्युतीय सवारीको इकोसिस्टम निर्माणलाई उच्च प्राथमिकता दिएको छ। विद्युत प्राधिकरणपछि दोस्रो तर निजी क्षेत्रबाट धेरै चार्जिङ स्टेसन बनाउनेमा सिप्रदी पहिलो नम्बरमा रहेको छ। साथै एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, निटाको बिक्रेता सीजी मोटर्सलगायत अन्य कम्पनीहरूले पनि चार्जिङ स्टेसन बनाउने र बढाउने काम गरिरहेका छन्। 

images
images

विद्युतीय सवारी लिएर अलि लामो दुरीमा जाँदा ठाउँ ठाउँमा चार्ज गर्नुपर्छ। त्यसका लागि डीसी फास्ट चार्जको जरुरत हुन्छ। एसी चार्जरबाट चार्ज गर्दा समय लाग्ने भएकाले सवारी उत्पादक कम्पनीहरूले डीसी फास्ट चार्जरको विकास गरेका हुन्। त्यसैले राजमार्गलगायत विभिन्न ठाउँमा राखिएका सबै डीसी फास्ट चार्जर हुन्। पछिल्लो समय एसी फास्ट चार्जरको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। एसी फास्ट चार्जरबाट पनि कार छिट्टै चार्ज गर्न सकिन्छ। 

यो वर्ष धेरै विद्युतीय सवारी बिक्री भएकाले दसैँ मनाउन काठमाडौंबाहिर जानेहरूले आफ्नो विद्युतीय कार लिएर जाने छन्। त्यसैले उनीहरूले आफूले किनेको कम्पनी वा विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेसन कहाँ छ भनेर थाहा पाउनु पर्छ। जसले गर्दा उनीहरूलाई कहाँ चार्ज जर्ने भन्ने योजना बनाएर यात्रा गर्न सजिलो हुनेछ। 

नेपालमा अहिले मुख्यगरी सीसीएसटू, जीबीटी र चाडेमो चार्जिङ सिस्टम प्रचलनमा रहेका छन्। बिक्री भएका अधिकांश विद्युतीय कार सीसीएसटू चार्जिङ सिस्टममा आधारित छन्। त्यसैले सीसीएसटू चार्जिङ सिस्टमयुक्त कार चलाउने र आफ्नै कम्पनीको र नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनमा चार्ज गर्न सक्छन्। चाडेमो चार्जिङ सिस्टम निसानको लिफ र कियाको सोल ईभीमा प्रयोग भएका छ भने चीनबाट आएका विद्युतीय भ्यानहरू जीबीटी चार्जिङ सिस्टममा आधारित छन्। 

उपलब्ध अरु सबै ब्रान्डका विद्युतीय कारहरू सीसीएसटू चार्जिङ सिस्टममा आधारित छन्।  

विद्युत प्राधिकरणको चार्जिङ स्टेसन

धादिङको धार्के- २ वटा

मुग्लिन- १

काठमाडौंस्थित साझा सेवा बल्खु- २

ललितपुरस्थित साझा सेवा पुल्चोक- १

नेपाल विद्युत प्राधिकरण रत्नपार्क- १

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब- १

चितवनस्थित पारस बसपार्क- २

सिन्धुलीको खुर्कोट- २

सिन्धुली बसपार्क- १

इलाका प्रहरी कार्यालय बर्दिबास- २ 

सर्लाहीको हरिवन- २

सुनसरीको इनरुवा बसपार्क- १

प्रहरी पेट्रोल पम्प लाहान- २

पोखराको मालेपाटनस्थित कालिका फ्युल सेन्टर- २

पर्यटक बसपार्क पोखरा- १

दमक बसपार्क झापा- २

उदयपुरको बेलका गरपालिका- २ 

बिर्तामोड बसपार्क- २

सुर्खेत बसपार्क- २ 

हेटौँडा रातमाटे- २

विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर- १

प्रहरी पेट्रल पम्प सामाखुसी- २

बेगनास ताल पोखरा- १

बुटवल बसपार्क- २ 

इटहरीमा- १

विराटनगर- १

कोहलपुर नयाँ बसपार्क- २

धनगढीमा- २

त्रिशूली हावा घर नुवाकोट- १

बट्टार नुवाकेट- १ 

कुश्मा पर्वतमा- १

लम्की कैलालीमा- १

लमही दाङ- १

प्राधिकरणले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरेको छ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एकसाथ चार्ज गर्न सकिने छ। 

टाटाका चार्जिङ स्टेसनहरू

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय कार बिक्री बढेसँगै चार्जिङ नेटवर्क विस्तार गर्दै लगेको छ। कम्पनीले देशका मुख्य राजमार्गहरूमा १ देखि डेढ सय किलोमिटरको दुरीमा फास्ट चार्जर जडान गरेको छ।

त्यस्तै सिप्रदीले हालसम्म १ सय ३० भन्दा धेरै एसी फस्ट चार्जर जडान गरिसकेको छ। कम्पनीले २३ वटा डीसी फास्ट चार्जर जडान गरिसकेको छ। 

सिप्रदीले दसैँमा नेक्सन ईभी, टिगोर ईभी र टिगायो ईभी लिएर विभिन्न गन्तब्यमा जानेहरूका लागि सहज रुपमा चार्जिङ सेवा उपलब्ध गराउन विशेष ध्यान दिएको जनाएको छ। विद्युतीय कार लिएर दसैँ मनाउन जानेहरूका लागि झन्झट रहित यात्रा गराउने प्रयत्न भइरहेको कम्पनीको भनाइ छ। 

यी हुन् टाटाका डीसी फास्ट चार्जिङ स्टेसन भएका स्थानहरू

द हाइवे कफिसप- मलेखु धादिङ

सिप्रदी बालकुमारी सर्भिस सेन्टर- बालकुमारी ललितपुर

ताज रिभरसाइड रेस्ट्रो- मुलकोट

सिप्रदी धइजन बिर्तामोड- बिर्तामोड

गोधुली होटल- लाहन

सिप्रदी सिमरा- सिमरा

सिप्रदी धनगढी- धनगढी

गहनापुर नेपालगञ्ज- नेपालगञ्ज

पौवा भालुवाङ- भालुवाङ दाङ

सिप्रदी धार्के- धार्के धादिङ

सिप्रदी भरतपुर- भरतपुर चितवन

पत्थर डाँडा भैरहवा- तिलोत्तमा रुपन्देही

ताज रिभरसाइड रेस्ट्रो- मुलकोट

सिप्रदी ढल्केवर- ढल्केवर 

सिद्धार्थ रिभरसाइड रेस्ट्रो- चुम्लिङटार चितवन

बुद्धचोक पोखरा- पोखरा

सिप्रदी बसम्दी हेटौँडा- हेटौँडा

सिप्रदी बागडोल- बागडोल ललितपुर

सिप्रदी अकम्बा इटहरी- इटहरी सुनसरी

यी हुन् टाटाका एसी फास्ट चार्जर भएका स्थान

होटल ग्रिन भ्यु इलाम- १

होटल मावस्वी फिदिम- १

होटल पानारोमा फिक्कल- १

टाटा मोटर्स सर्भिस सेन्टर मेची- १

वेभसर्भर आईएसपी कार्यालय दमक- १

होटल अरुण भ्याली भेडेटार- १

होटल कान्जिरोवा हिले- १

होटल नेपालीरिका विराटचोक- १

केवल अटो धरान- १

टाटा सर्भिस सेन्टर इटहरी- १

टाटा शोरुम बिर्तामोड- १

टाटा शोरुम विराटनगर- १

टाटा शोरुम इटहरी- १

होटल बाबाको ढावा जनकपुर- १

होटल बँगैचा हरिओन- १

होटल टाउन हिल गाईघाट- १

नेहा क्याफे एन्ड हाइवे रेस्ट्रो सिन्धुली- १

टाटा सर्भिस सेन्टर ढल्केवर- १

टाटा सर्भिस सेन्टर मिर्चैया- १

टाटा शोरुम लाहन- १

टाटा शोरुम जनकपुर- १

होटल लिडो हेटौँडा- १

होटल सिमखोला, सिमखोला- १

होटल तराइ इन चपुर- १

राधेराधे अपार्टमेन्ट वीरगञ्ज- १

साहरा रिसोर्ट दामन- १ 

टाटा सर्भिस सेन्टर वीरगञ्ज- १

टाटा सर्भिस सेन्टर सिमरा- १

टाटा शोरुम वीरगञ्ज- १

टाटा शोरुम हेटौँडा- १

टाउन हल वीरगञ्ज- १

चिनारी लज एन्ड होटल चरिकोट- १

हिल टप रिसोर्ट मलेखु- १

होटल एब्रोसिया चरिकोट- १

स्यान्डी बिच रिसोर्ट सुकुटे- १

ताज रिसोर्ट मुलकोट- १

टाटा सर्भिस सेन्टर चरिकोट- १

टाटा सर्भिस सेन्टर नुवाकोट- १

टाटा सर्भिस सेन्टर सोल्टीमोड काठमाडौं- १

टाटा सर्भिस सेन्टर नैकाप- २

टाटा सर्भिस सेन्टर बागडोल- १

टाटा सर्भिस सेन्टर बालकुमारी- १

टाटा सर्भिस सेन्टर कपन- ३

टाटा शोरुम राधेराधे भक्तपुर- १

टाटा शोरुम ग्वार्को ललितपुर- १

टाटा शोरुम महाराजगञ्ज- १

टाटा शोरुम थापाथली- १

टाटा सर्भिस पीडीआई भक्तपुर- ३

टाटा सर्भिस पीडीआई सेन्टर धार्के- ५

सेन्ट्रल पाम नारायनघाट न्यूरोड- १

चितवन फरेस्ट रिसोर्ट सौराह- १

जंगल सफारी लज सौराह- १

होटल अर्थ लाइट सौराह- १

सिरिचुली होटल भरतपुर- १

सितारा रिसोर्ट कावासोती- १

टाटा शोरुम भरतपुर- १

अतिथि रिसोर्ट लेकसाइड पोखरा- १

गेटवे हिमालयन रिसोर्ट बेसीसहर- १

गोरखा इन भिलेज होटल गोरखा- १

होटल क्राउन हिमालय लेकसाइड पोखरा- १

होटल फोरसिजन लेकसाइड पोखरा- १

होटल मुस्ताङ प्लाजा डुम्रे- १

कालिका क्याफे एन्ड रेस्टुराँ बागलुङ- १

मझेरी रिसोर्ट एन्ड स्पा लेकसाइड पोखरा- १

माइ होटल लेकसाइड पोखरा- १

एसएस भ्यू रेस्टुराँ स्याङजा- १

टाटा सर्भिस सेन्टर पोखरा- १

टाटा शोरुम पोखरा- १

बुद्धमाया गार्डेन लुम्बिनी- १

गौतम होटल तिलोत्तमा- १

होटल निर्भाना भैरहवा- १

लन्डन ब्रिज होटल बर्दघाट- १

सिद्धार्थ रिजेन्सी परासी- १

टाटा सर्भिस सेन्टर भैरहवा- १०

टाटा शोरुम भैरहवा- १

संयुक्त अटो ट्रेडर्स सन्धिखर्क- १

सिद्र्धार्थ लुम्बिनी रिसोर्ट चन्द्रौटा- १

टाटा शोरुम बुटवल- १

क्राउन रेस्टुराँ अमिलिया- १

होटल डिलक्स इन भालुवाङ- १

होटल म्याजेस्टिक घोराही- १

होटल सिद्धार्थ ग्रिन लमही- १

टाटा सर्भिस सेन्टर घोराही- १

टाटा शोरुम घोराही- १

होटल बबही रिसोर्ट बर्दिया- १

होटल सेन्ट्रल प्लाजा कोहलपुर- १

होटल लोटस रिसोर्ट गुलरिया बर्दिया- १

लुक होटल चिसापानी कर्णाली- १

शर्मा होटल एन्ड लज बबइ सुर्खेत- १

टाटा सर्भिस सेन्टर वीरेन्द्रनगर सुर्खेत- १

टाटा सर्भिस सेन्टर नेपालगञ्ज- १

टाटा शोरुम नेपालगञ्ज- १

चेतन होटल महेन्द्रनगर- १

होटल चुरिबोट, चुरिबोट- १

होटल नवरत्न सुक्खाद घोडाघोडी- १

होटल सुविधा अत्तरीया- १

होटल सनलाइट डडेलधुरा- १

टाटा सर्भिस सेन्टर धनगढी- १

टाटा शोरुम धनगढी- १

हुन्डाईका चार्जिङ स्टेसनहरू

हुन्डाईका कारको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि चार्जिङ स्टेसनको संख्या उल्लेख्य रुपमा बढाउँदै लगेको छ। नेपालमा विद्युतीय कार ल्याउने कम्पनीहरूमा हुन्डाई अग्रणी कम्पनी मध्येमै पर्छ। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसम्म देशका विभिन्न स्थानमा ४१ वटा चार्जिङ स्टेसन बनाइसकेको छ। त्यस्तै चार्जिङ स्टेसनको संख्या बनाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ। 

यी हुन् हुन्डाईका चार्जिङ स्टेसन रहेका स्थान

हुन्डाई ईभी शोरुम- काठमाडौंको थापाथली

अर्किड मोटो कर्प- वीरगञ्ज

लि क्वीक सर्भिस- तीनकुने 

लि सर्भिस- कुपन्डोल

लि सर्भिस- धापासी

लि सर्भिस- भक्तपुर

लबिम मल- पुलचोक ललितपुर

न्यू शिभ सर्भिस- सिनामंगल

हुन्डाई सेल्स- नक्साल

लक्ष्मी बैंक हेडअफिस- हात्तीसार काठमाडौं

हुन्डाई सेल्स- थापाथली

होटल डिभोटी- धनगढी

होटल पौवा- भालुवाङ

पिनाकल सर्भिस- वसन्त चोक, भरतपुर

रोयल सेन्चुरी होटल- भरतपुर

बराही जंगल लज- भरतपुर, मेघौली पश्चिम

सिद्धार्थ रिसोर्ट- चिसापानी

दिनेश फोर ह्वील- धनगढी

सिद्धार्थ होटल- नेपालगञ्ज

हिम इन्टरकन्टिनेन्टल- नेपालगञ्ज

न्यू राइडर अटोवर्ड- दाङ

सिद्धिविनायक सर्भिस- बुटवल

होटल दा फ्लेमिङगो- बुटवल

जगत मोटर- भैरहवा

बोधी रेड सन- भैरहवा

केसीजु रेस्टुराँ एन्ड होटल- सौराह

होटल नेपालीरिका- विराटचोक

होटल किङस्वरी- बिर्तामोड

अक्षत रिसोर्ट- मुलकोट

होटल विश्व- वीरगञ्ज

अर्किड मोटोकर्प- वीरगञ्ज

हेटौँडा ह्वील्स- हेटौँडा

एभोकाडो एन्ड अर्किडस् रिसोर्ट- हेटौँडा

रोयल अटो वल्र्ड- विराटनगर

पाथिभरा अटो लिंक- इटहरी

अलायन्स मोटर्स- बिर्तामोड

बाराही सर्भिस सेन्टर- पोखरा

विनायक सर्भिस सेन्टर- पोखरा

वाटर फ्रन्ट रेस्ट्रो- पोखरा

होटल बाराही- पोखरा

कुरिन्टार रिट्रिट- कुरिन्टार, दारेचोक

होटल सोल्टी वेस्टेन्ड- इटहरी, कोशी हाइवे

होटल नेपालीरिका- दमक, पूर्वपश्चिम राजमार्ग

त्यसैगरि एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा राजमार्गहरूमा चार्जिङ स्टेसनको संख्या बढाउँदै लगेको छ। कम्पनीले विद्युतीय सवारी बिक्री बढ्दै गएकाले उपभोक्तको सहजताका लागि विभिन्न स्थानमा चार्जिङ स्टेसन जडान गरिरहेको छ। 

यी हुन् एमजीका चार्जिङ स्टेसन भएका ठाउँहरू

एमजीका विद्युतीय कार नेपाली बजारमा रुचाइएको विद्युतीय एसयूभीमा पर्छ। पारामाउन्ट मोटर्सले हालै एमजीका एमजी फोर ईभी र कोमेट ईभी नेपाली बजारमा ल्याएको हो। 

विद्युतीय कारको पोर्टफोलियो र बिक्री दुवै बढाउँदै गएको एमजीले चार्जिङ नेटवर्क विस्तारका लागि पनि विशेष ध्यान दिएको छ। यी हुन् एमजीले हालसम्म सञ्चालनमा ल्याएसकेको चार्जिङ स्टेसनहरू

बुटवल

चितवन

कुरिनटार

कुसुन्ती

ढल्केवर

मुलकोट

ओलीज स्टोर इटहरी

ओलीज स्टोर बिर्तामोड

त्यस्तै एमजीले बर्दिवास, वीरगञ्ज, पोखरा, हेटौँडा, नौबिसे, कोहलपुर, लमही, अत्तरिया र गाइघाटमा छिट्टै चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ। 

यी हुन् सीजी मोटर्सका चार्जिङ स्टेसनहरू

सीजी मोटर्सले नेपाली बजारमा निटा ब्रान्ड निटा भी कार, किङलङ र केवाईसीका विद्युतीय भ्यान बिक्री गरिरहेको छ।

त्यस्तै कम्पनीले अन्य ब्रान्डका विद्युतीय कार ल्याउने गरि सम्झौता समेत गरिसकेको छ। त्यसैले सीजी मोटर चार्जिङ नेटवर्क विस्तारमा लागि रहेको छ। हालससम्म सीजी मोटर्सले स्थापना गरेका उल्लेखित चार्जिङ स्टेसनहरूमा निटा भी कार र विद्युतीय भ्यानहरू चर्ज गर्न सकिन्छ। 

यी स्थानमा छन् सीजी मोटर्सका चार्जिङ स्टेसनहरू 

इलाम 

विराटनगर 

धनकुटाको हिला

लाहन

वीरगञ्ज

हेटौँडा 

सिन्धुली

मंगलटार

भक्तपुर

काठमाडौंमा शोरुम र हात्तीवन

पोखरा

कोहलपुर

सुर्खेत

चिसापानी

धनगढी

images

प्रकाशित : मंगलबार, असोज २३ २०८००४:१३

प्रतिक्रिया दिनुहोस