बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

विश्व बैंक समूहको बैठक आजदेखि, अर्थमन्त्रीसहितको प्रतिनिधिमण्डल सहभागी 

images
सोमबार, असोज २२ २०८०
images
images
विश्व बैंक समूहको बैठक आजदेखि, अर्थमन्त्रीसहितको प्रतिनिधिमण्डल सहभागी 

बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ। 

images
images

काठमाडौं- विश्व बैंक समूहको बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतसहितको नेपाली प्रतिनिधिमण्डल मोरोक्को पुगेको छ। 

images
images
images

आजदेखि सुरू भएर एक साता चल्ने बैठकमा भाग लिन महतसहितको टोली आज विहान प्रस्थान गरेको थियो। मोरोक्कोमा भइरहेको बैठकको मुख्य नारा  'ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट' रहेको छ। 

images

बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ। 

images
images
images

बैठकका क्रममा अर्थमन्त्री महतले विभिन्न निकायसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाललाई सहायता उपलब्ध गराइरहेका निकाय तथा संस्थाका पदाधिककारीहरूसँग अर्थमन्त्रीको भेटघाट हुने कार्यक्रम छ। 

अन्तर्राष्ट्रिय वित्त निगम (आइ.एफ.सि.) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री डा. महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ। 

त्यसैगरी यु.एस.ए.आइ.डी.सँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेसी एवं चुनौतिसँग जुध्न सक्षमआर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उप प्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री डा. महतको छ।

त्यसैगरी अर्थमन्त्री डा. महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नेछन्। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आ‍ई.एम.एफ.) का प्रतिनिधीसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री डा. महतले वार्ता गर्नेछन्। 

 


प्रकाशित : सोमबार, असोज २२ २०८००३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend