बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

२०२२ मा विश्वले २ सय ५० खर्ब डलरको निर्यात गर्दा कुन देशको हिस्सा कति?

images
शनिबार, असोज २० २०८०
images
images
२०२२ मा विश्वले २ सय ५० खर्ब डलरको निर्यात गर्दा कुन देशको हिस्सा कति?

विश्वमा हुने कुल निर्यातको १४ प्रतिशत अर्थात ३६ खर्ब डलरको निर्यात चीन एक्लैले गरेको हो। 

images
images

काठमाडौं- सबै उपभोग्य वस्तु एउटै देशमा वा भूगोलमा उत्पादन सम्भव छैन। मानिसको चाहना र आवश्यकता पूरा गर्न एक ठाउँमा उत्पादन भएका सामान अर्को ठाउँमा आयात/निर्यात गरिन्छ। यो क्रम सदियौँदेखि चलिआएको छ। 

images
images
images

मुद्राको विकाससँगै आयात निर्यात पैसामा हुन थाल्यो। २०२२ मा आइपुग्दा संसारभरका देशहरूले २५ ट्रिलियन अर्थात् २ सय ५० खर्ब अमेरिकी डलर बराबरको निर्यात गरेका छन्। ग्लोबलाइजेसन, प्रविधिमा भएको विस्तारलगायत कारणले विश्व व्यापार बढ्दै गएको छ। 

images

विश्वप्यापीकरणको प्रभाव, प्रविधिले डोर्‍याएको विश्व अर्थव्यवस्था र उत्पादनले अन्तर्राष्ट्रिय व्यापारमा अकल्पनीय परिवर्तनहरू आइरहेका छन्। यही कारणले पछिल्लो २० वर्षमा अन्तर्राष्ट्रिय व्यापार करिब ३ सय प्रतिशतले बढेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। विश्व व्यापार संगठनले उपलब्ध गराएको तथ्यांकका आधारमा २०२२ मा विश्वको निर्यात व्यापार २ सय ५० खर्ब डलर रहेको देखाएको हो। 

images
images
images

यी हुन् २०२२ मा ११ धेरै निर्यात गर्ने विश्वका देशहरू 

१. चीन- चीन २०२२ मा विश्वको सबैभन्दा धेरै निर्यात व्यापार गर्ने देश बनेको छ। एसियाली देश चीनबाट सो वर्ष ३६ खर्ब अमेरिकी डलरको सामान निर्यात भएको छ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। 

२. अमेरिका- विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिका निर्यात व्यापारमा भने दोस्रो स्थानमा रहेको छ। २०२२ मा अमेरिकाले २१ खर्ब अमेरिकी डलरको वस्तु तथा सामान निर्यात गरेको छ। 

३. जर्मनी- युरोपको बलियो अर्थतन्त्र मानिने जर्ननी निर्यात व्यापारमा अब्बल रहेको छ। धेरै वस्तु निर्यात गर्ने सूचीमा जर्मनी तेस्रो स्थानमा छ। २०२२ मा जर्मनीले १७ खर्ब अमेरिकी डलरको निर्यात गरेको थियो। 

४. नेदरल्यान्ड- चौथो धेरै निर्यात गर्ने देशमा नेदरल्यान्ड रहेको छ। युरोपेली मुलुक नेदरल्यान्डले २०२२ मा ९ खर्ब ६५.५ अर्ब अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ। 

५. जापान- धेरै रकमको निर्यात गर्ने सूचीमा अर्को एसियाली देश जापान रहेको छ। जापान २०२२ मा धेरै निर्यात गर्ने देशको सूचीमा पाँचौ स्थानमा छ। सो वर्ष जापानबाट ७ खर्ब ४६.९ अर्ब डलरको निर्यात भएको थियो। 

६. दक्षिण कोरिया- उदीयमा देश दक्षिण कोरिया धेरै निर्यात हुने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ। एसियाली देश कोरियाले २०२२ मा ६ खर्ब ८३.६ अर्ब डलरको निर्यात गरेको थियो। 

७. इटाली- धेरै निर्यात गर्ने १० देशको सूचीमा युरोपेली देश इटाली सातौँ स्थानमा रहेको छ। इटालीले २०२२ मा ६ खर्ब ५६.९ अर्ब डलरको निर्यात गरेको हो। 

८. बेल्जियम- बेल्जियमले २०२२ मा ६ खर्ब ३२.९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गरेको थियो। युरोपेली देश बेल्जियम धेरै निर्यात गर्ने १० देशको सूचीमा आठौँ स्थानमा रहेको छ। 

९. फ्रान्स- धेरै निर्यात हुने देशको सूचीमा युरोपेली मुलुक फ्रान्स नवौँ स्थानमा रहेको छ। २०२२ मा फ्रान्सबाट ६ खर्ब १७.८ अर्ब डलरको निर्यात भएको थियो। 

१०. हङकङ- तुलनात्मक रुपमा भुगोलमा सानो भइकन पनि धेरै निर्यात गर्ने १० देशको सूचीमा हङकङ आइपुगेको छ। धेरै निर्यात गर्ने १० देशको सूचीमा एसियाली देश हङकङ दशौँ स्थानमा रहेको छ। २०२२ मा हङकङबाट ६ खर्ब ९.९ अर्ब डलरको निर्यात भएको थियो। 

११. यूएई- युनाइटेड अरब इमिरेट्स अर्थात यूएई सर्वाधिक निर्यात गर्ने देशको सूचीमा एघारौँ स्थानमा रहेको छ। मध्यपूर्वी देश यूएईले २०२२ मा ५ खर्ब ९८.५ अर्ब डलरको निर्यात गरेको थियो। 

चीन अझै पनि विश्वकै फ्याक्ट्री

विश्वका ११ ठूला निर्यातकर्ता मुलुकले २०२२ मा १ सय २८ खर्ब डलर बराबरको निर्यात गरेका हुन्। यो भनेको बाँकी विश्वका सबै देशले गर्ने कुल निर्यातभन्दा धेरै हो। यी ११ देशबाहेक बाँकी विश्वले २०२२ मा १ सय २१ खर्ब डलरको निर्यात गरेको डब्लूटीओको तथ्यांक छ। 

त्यसमध्ये चीन सबैभन्दा धेरै निर्यात गर्ने देश हो। त्यसैले चीनलाई आज पनि विश्वको फ्याक्ट्रीका रुपमा लिइने गरेको छ। विश्वमा हुने कुल निर्यातको १४ प्रतिशत अर्थात ३६ खर्ब डलरको निर्यात चीन एक्लैले गरेको हो। चीन २००९ देखि लगातार विश्वकै सबैभन्दा धेरै वस्तु निर्यात गर्ने मुलुकका रुपमा रहँदै आएको छ। 


प्रकाशित : शनिबार, असोज २० २०८००५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend