मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

दसैँका लागि आउँदो २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १९ २०८०
images
दसैँका लागि आउँदो २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
फाइल तस्बिर

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने सहमति समेत जुटेको छ। 

images
images

काठमाडौं- लामो छलफलपछि दसैँका लागि आउँदो २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो।

images
images
images

शुक्रबार मन्त्रालयमा मन्त्रीसहित सरोकारवालाको छलफलपछि २२ गतेबाट टिकटको अग्रिम बुकिङ खुल्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्याक्ष सरोज सिटौलाले बताए। 

images
images

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने सहमति समेत जुटेको छ। 

images
images

दसैँका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक मन्त्रालयले जनाएको छ। व्यवसायीहरुले बाटोका खाल्डखुल्डी पुरेर सहज यात्रा गर्ने वातावरण बनाउन माग गर्दै आएका थिए। 

दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन्। समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु दोबर/तेबर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ। यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँदै आएका थिए। 

देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताएका थिए।

देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ। 'दसैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ', उनले भने। महासंघका अनुसार हाल मुग्लिङ-पोखरा, नारायणघाट-बुटवल, वीपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन्। यस्तै, काठमाडौंबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ।

सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ।

वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउँछन्।

'महासंघले बाटोसहित भाडा समायोजनको मुद्दालाई समेत अगाडि बढाउँदै आएको छ', उनले भने। बाटोको अवस्था राम्रो भए आफूहरुलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको उनको भनाइ छ।

दसैँका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्काे जिल्लामा धेरै यात्रु जाने गरेका छन्। क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ। कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्‍याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्ने माग व्यवसायीले राख्नै आएका छन्।


प्रकाशित : शुक्रबार, असोज १९ २०८०११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend