बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १८ २०८०
images
images
नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता

उनीहरूबीच जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान-प्रदानलगायतका विषयमा पनि छलफल भएको थियो।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका  राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्।

images
images
images

रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीच सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।

images

रक्षामन्त्री खड्काले दुई देशबीच सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत फेनको कार्यकालमा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

images
images
images

नेपालसँग कुटनीतिक सम्बन्ध कायम गर्ने सबैभन्दा पुरानो मित्र बेलायतले नेपालको आर्थिक-सामाजिक विकासमा गरेको योगदानको सराहना गर्दै उनले पारस्परिक सहयोगका क्षेत्र आगामी दिनमा अझ विस्तार हुने  विश्वास व्यक्त गरे।

सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई बेलायती सैनिकसरह निवृत्तिभरणलगायत सुविधा उपलब्ध गराउने सम्बन्धमा बेलायत सरकारबाट आवश्यक सहयोग हुनेमा आफू ढुक्क रहेको मन्त्री खड्काले बताएको प्रवक्ता पौडेलले जानकारी दिए। उनीहरूबीच जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान-प्रदानलगायतका विषयमा पनि छलफल भएको थियो।

दुई सय वर्ष पुरानो बेलायत-नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै राजदूत फेनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्तिसेनामा खटिएका नेपाली सेनाले गरेको योगदानको प्रशंसा गरे। उनले नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्न बेलायत प्रतिबद्ध रहेको बताए। 


प्रकाशित : बिहीबार , असोज १८ २०८०१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend