बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

संसदमा पेस भयो विद्युत विधेयक

images
बिहीबार , असोज १८ २०८०
images
images
संसदमा पेस भयो विद्युत विधेयक

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक विकासमा टेवा पुर्‍‌याउने उद्देश्यले विद्युत विधेयक ल्याइएको बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेस भएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेस गरेका हुन्।

images
images
images

मन्त्री बस्नेतले विद्युत विधेयक उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतमा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्‍‌याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए।

images

आजको बैठकमा सांसदहरुले महँगी र कालोबजारी बढेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन माग गरेका थिए। बैठकको शून्य समयमा बोल्दै सांसद प्रदीप पौडेलले मुलुकमा आर्थिक अवस्था दयनीय भएको र त्यहीमाथि बजारमा महँगी बढेको उल्लेख गर्दै मूल्यवद्धि नियन्त्रण र अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराए।

images
images
images

सांसद नारायणप्रसाद आचार्यले संविधान जारीपछि तीनै तहका निर्वाचन सम्पन्न भइ सरकारले काम गरिसकेको भए पनि सडकको अवस्था कहालीलाग्दो रहेको बताउँदै चाडपर्वका अवसरमा सर्वसाधारणलाई सहज रुपमा घर फर्किने गरी काम गर्न सरोकारवालाको ध्यानाकर्षण गराए।

सांसद प्रतीक्षा तिवारीले चाडपर्व नजिकिँदै बजारमा महँगी बढेको र सिमानामा घर फर्किने जनताले दुःख पाएको भन्दै अनुगमन र सहजताको माग गरिन्। सांसद बलराम अधिकारीले स्वदेश विदेशबाट घर फर्किने जनतालाई सिमानामा दुःख दिने काम भएको र सीमा बजारबाट घरायसी समान ल्याउँदा दुःख दिने काम भएको हुँदा यसलाई सहजता प्रदान गर्नुपर्ने माग गरे।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते बिहान ११ बजे बस्नेछ।


प्रकाशित : बिहीबार , असोज १८ २०८०११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend