बिहीबार , वैशाख २० गते २०८१    
images
images

दसैँका लागि विस्तार हुँदै गरेका राजमार्गमा सहज होला यात्रा?

सबै बाटोको खाल्डाखुल्डी पुर्न भनेका छौँ- सडक विभाग 

images
images
images
दसैँका लागि विस्तार हुँदै गरेका राजमार्गमा सहज होला यात्रा?

सडक मर्मतको काम रोकिएर खाल्डाखुल्डी पुरेर सहज यात्राको अवस्था नबनेसम्म दसैँका लागि खोलिने टिकटको अग्रिम बुकिङसमेत खोल्न नसकिने अडानमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ रहेको छ।

images
images

काठमाडौं- राजधाजी जोडिने र देशका अन्य मुख्य राजमार्गहरु विस्तारका क्रममा रहेका छन्। विस्तार तथा स्तरोन्नती भइरहेकाले राजमार्गहरुमा यात्र गर्न निक्क कठीन हुन्छ। काठमाडौं आउने तथा यहाँबाट बाहिरिने मुख्य नाकाको रुपमा रहेको पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मुग्लिन खण्ड विस्तारका क्रममा छ। त्यसैले दसैँ नजिकिँदै जाँदा सहज यात्रा हुने विषयमा यात्रु तथा यातायात व्यवसायी चिन्तित छन्। 

images
images
images

पृथ्वी राजमार्ग अन्तर्गतकै मुग्लिन पोखरा खण्ड, त्यस्तै नारायणगढ बुटवल खण्ड, अरनिको राजमार्गलगायत देशभरका अधिकांश मुख्य सडकहरु विस्तार वा मर्मतको चरणमा छन्। मनसुन ढिलोसम्म रहिरकेको र राजमार्ग विस्तारको क्रममा रहेकाले दसैँ नजिकिँदै गर्दा यात्रु तथा सवारी सञ्चालकहरु चिन्तित बनेका हुन्। 

images

सडक मर्मतको काम रोकिएर खाल्डाखुल्डी पुरेर सहज यात्राको अवस्था नबनेसम्म दसैँका लागि खोलिने टिकटको अग्रिम बुकिङसमेत खोल्न नसकिने अडानमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ रहेको छ। यात्रुहरुले पनि विभिन्न माध्यबाट सुरक्षित यात्रा कसरी गर्ने भनेर चिन्ता व्यक्त गरिरहेको छन्। यस्तामा सडक विभागले विस्तार तथा स्तरोन्नतीको क्रममा रहेका मुख्य राजमार्गहरु दसैँका लागि खाल्डाखुल्डी रहित बनाउन निर्देशन दिएको जनाएको छ। 

images

दसैँमा उपत्यकासहति सहरी क्षेत्रबाट गाउँमा धेरै यात्रु जाने भएकाले सहज यात्रा गराउन विभाग लागि परेको महानिर्देशक सुशीलबाबु ढकालले बताए। ‘काठमाडौंबाट बाहिरिने अधिकांश सडक मर्मतको चरणमा छन्। सडक मर्मतको काम रोक्नु भनेर निर्देशन दिन मिल्दैन। तर कालो पत्र गर्न नभ्याइएपनि बाटोको खाल्टाखुल्डी रहित हुन पर्छ भनेर निर्देशन दिएको छु,’ ढकालले भने, ‘सोहीअनुसार योजना बनिरहेका छन्। विस्तारको काम भइरहेको ठाउँभन्दा बाहिर विभागकै संयन्त्रबाट काम हुन्छ।’  

images
images

त्यस्तै सम्पर्कमा नरहेका निर्माण कम्पनीहरुलाई कारबाही गर्ने गरी विभाग अगाडि बढेको र आवश्यक स्थानमा विभागकै संयन्त्रबाट काम गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए। ‘पहिरो तथा बाडीको हकमा विभाग पहिलेदेखि नै तयारी अवस्थामा छ,’ महानिर्देशक ढकालले भने, ‘दसैँका लागि विस्तारको काम रोक्ने हुँदैन तर खाल्डाखुल्डी पुर्ने सवारीलाई सहज आगमन गराउने पाटोमा ट्राफिक हुन्छ।’

यसैगरि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालो पनि विस्तारका क्रममा रहेका राजमार्गहरुलाई दसैँमा व्यवस्थि बनाउन आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले भने, ‘बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ।’  

निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दसैँलगायतका पर्वमा यात्रा गर्नका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका सडकबाटाहरु सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको बताएका हुन्। 

सडक विस्तारको जिम्मा पाएका निर्माण व्यवसायीले जति अहिले खनिएका सडक छन् त्यसमा सवारी आगमन सहज बनाउने गरी काम गराउन विभागले पहल गरिरहेको ढकालले जानकारी दिए। ‘यसोभन्दै गर्दा सवारी चाप बढी भएको बेलामा सडक खन्नका लागि भनेर सवारी रोक्ने काम हुँदैन। चाडपर्वमा सवारी चाप बढी हुन्छ। त्यसले गर्दा पनि थप नयाँ खन्न काम भने हुँदैन’ उनले भने। यात्रुलाई सहज यात्रा गराउन विभागको तर्फबाट हुने काममा कुनै कमजोरी हुन नदिने ढकालले विश्वास दिलाए। 

images

प्रकाशित : बिहीबार , असोज १८ २०८०१२:१६

प्रतिक्रिया दिनुहोस