मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

घोराही-तुलसीपुर सडक : आठ जना पेटी ठेकेदार फेरिए पनि समयमा भएन काम

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १४ २०८०
images
images
घोराही-तुलसीपुर सडक : आठ जना पेटी ठेकेदार फेरिए पनि समयमा भएन काम

पटक-पटक म्याद थप गर्दा पनि चार लेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए। सोही विरोधपछि चार लेन ठेक्का तोडिएको थियो।

images
images

दाङ- घोराही-तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ। पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ। सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ। असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए।

images
images

'असोजमा काम सक्ने गरी सम्झौता भएको हो', उनले भने, 'मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ।' यसअघि चार लेनका क्रममा भत्किएको सडकलाई दुई लेनमै मर्मत गर्ने गरी काम अघि बढाइएको हो। हात्तीखौवाबाट गुर्जेखोलासम्मको १३ किलोमिटर सडक मर्मत कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले लिएको छ। एक करोड १६ लाखमा उक्त कम्पनीले ठेक्का लिएको हो।

images
images

गुर्जेखोलाबाट बबईखोलासम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले एक करोड ४२ लाखमा लिएको छ। सोही कम्पनीले पनि काम सुरु गरेको छ।

images
images
images

दुई लेन सडक मर्मतका लागि दुई करोड ५८ लाख छुट्याइएको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए।

यसअघि चार लेन मर्मतका लागि भन्दै यसअघि रहेको पक्की सडक भत्काइएको थियो। जसले गर्दा बीच-बीचमा खाल्डाखुल्डी छन्। ती खाल्डाखुल्डीले गर्दा आवतजावतमा निकै समस्या पर्ने गरेको छ। पटक-पटक म्याद थप गर्दा पनि चार लेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए। सोही विरोधपछि चार लेन ठेक्का तोडिएको थियो। ठेक्का तोडिएपछि सडकबीचका खाल्डाखुल्डी मर्मतको काम अघि बढेको हो।

यअसघि विसं २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवाचोकबाट घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो।

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो। तर उक्त सडकको काम पेटीठेकेदारलाई जिम्मा दिइएको थियो। पाँच वर्षमा आठ जना पेटी ठेकेदार फेरिए पनि काम भने समयमा पूरा हुन सकेन।


प्रकाशित : आइतबार, असोज १४ २०८००५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend