सोमबार, असोज ७ गते २०८१    
images
images

‘प्याङ्ग्री’ लहरा नियन्त्रण गर्न वनमा बेसार र अम्रिसो खेती

images
बुधबार, असोज ३ २०८०
images
images
‘प्याङ्ग्री’ लहरा नियन्त्रण गर्न वनमा बेसार र अम्रिसो खेती

मिचाहा प्रजाति प्याङ्ग्रीको नियन्त्रणका लागि जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरिएको हो।

images
images

झापा- जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘प्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको छ।

images
images
images

प्याङ्ग्री झार अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेपछि सामुदायिक वनमा बेसार, अदुवा अम्रिसो लगाउन थालिएको हो। प्याङ्ग्री लहरा नियन्त्रण क्रमिक रुपमा बढ्दै गएको फरेष्ट एक्सन नेपालका संयोजक डा लीलानाथ शर्माले बताए।

फरेष्ट एक्सन नेपालले रोयल बोटानिकल गार्डेन इडनवर्गसँगको सहकार्यमा प्राकृतिक वनको पुनःस्थापना र मिचाहा प्रजाति प्याङ्ग्रीको नियन्त्रणको विगत पाँच वर्षदेखि सो क्षेत्रमा काम गर्दै आएको छ। उनले सुरुमा वन उपभोक्ता समितिलाई मिचाहा प्रजातिको झार फाड्नका लागि आर्थिक सहयोग समेत गरेको जानकारी दिए।

'प्याङ्ग्री लहरा र वनमारालाई वनक्षेत्रमा नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी रणनीति भनेको रुखको घनत्व बढाउनु हो', संयोजक शर्माले भने, 'वन क्षेत्रमा बेसार, अम्रिसो लगाउँदा राम्रो गोडमेल हुन्छ, त्यसले प्याङ्ग्री पनि नष्ट हुने र नयाँ बिरुवा पनि उम्रने देखिएको छ।' उनले हाल सो क्षेत्रमा एक लाख बढी मसला, रुद्राक्ष, कदमलगायत विभिन्न प्रजातिका बिरुवाको पुनरुत्थान भएको जानकारी दिए। 

images

सामुदायिक वन आफैले प्याङ्ग्री लहराबाट कम्पोष्ट मल बनाइरहेको उनको भनाइ छ। प्याङ्ग्री लहराबाट वार्षिक एक सय टनभन्दा बढी कम्पोष्ट मल बनिरहेको उनले बताए। जुन मल स्थानीय उपभोक्ता आफै र चिया बगानले खरिद गरेर प्रयोगका लागि लैजाने उनको भनाइ छ। 

जलथलका २२ वटा सामुदायिक वनमध्ये छ वटा वनले उपभोक्तालाई जागरुक बनाएर बेसारखेती लगाएका छन्। जसबाट उपभोक्ताले राम्रो आम्दानी गरेका छन् भने प्याङ्ग्री लहरा नियन्त्रणसमेत भइरहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले बताए।

उनका अनुसार हाल २२ वटा सामुदायिक वनमध्ये छ वटाले करिब २० बिघाभन्दा बढीमा बेसार र १५ बिघा बढीमा अम्रिसो खेती गरिरहेको जानकारी दिए। वनमा प्याङ्ग्री लहरा, उल्टा काँडालगायत विभिन्न प्रजातिका मिचाहा झारले धानको बिस्कुन सुकाएझै भुइँमा लहरिने हुँदा अन्य बोटबिरुवालाई उम्रन नदिएको अवस्थामा यसलाई हटाएर कृषि वन कार्यक्रम सञ्चालन गर्ने कार्य एक्सनको उत्कृष्ट रहेको उनको भनाइ छ।

अध्यक्ष पोर्तेलले उपभोक्ता र वन समूह आफैले करिब चार बिघा बढी जमिनमा बेसार र पाँच बिघा बढीमा अम्रिसो खेती गरिरहेको बताए। उनले बेसार रोपको क्षेत्रमा प्रशस्त मात्रमा बिरुवा उम्रिएको र प्याङ्ग्री लहराको प्रभाव कम भएको अनुभव सुनाए।

झापाको जलथल जंगल नेपालकै एक मात्र यस्तो वन क्षेत्र हो, जहाँ पहाडमा मात्र पाइने बोटबिरुवा र जीवजन्तुसमेत पाइन्छन्। स्थानीय वयोवृद्ध वीरबहादुर गिरीका अनुसार जलथल जंगलमा पहाडमा मात्र पाइने पात्ले कटुस र चिलाउनेको रुख पाइएको छ भने पहाडमा हुने दुम्सीसमेत यहाँ पाइन्छ। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend