शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

नाडामा देखिएको उपभोक्ताको उत्साह, मन्दीको प्रभाव मत्थर हुन लागेको हो?

विद्युतीय सवारी साधानमा अत्याधिक रुची

images
सोमबार, असोज १ २०८०
images
नाडामा देखिएको उपभोक्ताको उत्साह, मन्दीको प्रभाव मत्थर हुन लागेको हो?

अर्थतन्त्रमा बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएर अधिक बलियो भएपनि आन्तरिक बजारमा माग खुम्चिँदा चलायमान हुन सकेको छैन। बजारमा खर्च गर्नसक्ने क्षमता विकास नभएको भन्दै सरकारदेखि व्यवसायीसम्म चिन्तित देखिएका छन्। 

images
images

काठमाडौं-  ‘नाडा अटो शो २०२३’ सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो २०२३ आइतबार सम्पन्न भएको हो। 

images
images
images

तीन वर्षपछि काठमाडौंमा आयोजना भएको यो शोमा उत्साहजनक सहभागिता देखिएको छ। सवारी साधान खरिदमा रुची हुनेहरूको रोजाइमा परेको उक्त मेलामा सहभागिता, सवारीसाधान बुकिङ सबै हिसाबले अपेक्षाभन्दा बढी देखिएको आयोजक तथा व्यवसायीहरूले बताएका छन्। 

images
images

माग सिर्जना नभएर अर्थतन्त्रमा शिथिलता आएकै समयमा आयोजना भएको नाडा अटो शोमा देखिएको उत्साह स्वयम् व्यवसायीहरूको अपेक्षाभन्दा धेरै देखिएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मन्दीको यो समयमा अधिकतम् ७५ हजारले यो अटो शो अवलोकन गर्ने अनुमान सहित आयोजना गरेको थियो। तर ६ दिनसम्म चलेको अटो शोमा ७६ हजार १ सय जनाले अवलोकन गरेको नाडाले आइतबार समापनका क्रममा बताएको हो। 

images
images

अर्थतन्त्रमा बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएर अधिक बलियो भएपनि आन्तरिक बजारमा माग खुम्चिँदा चलायमान हुन सकेको छैन। बजारमा खर्च गर्नसक्ने क्षमता विकास नभएको भन्दै सरकारदेखि व्यवसायीसम्म चिन्तित देखिएका छन्। 

यही अवस्थामा नाडा अटो शो पनि गर्ने वा नगर्ने भन्नेमा लामै छलफल भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए। 'हामी आफैँ पनि के गर्ने भन्ने दोधारमा रहेर छलफल गरेर धेरै पछि अटो शो गर्नुपर्छ भन्नेमा पुगेका हौँ' उनले भने, '६ दिनसम्म चलेर अटो शो सकिँदा यसले अर्थतन्त्र चलायमान बनाउन निक्कै महत्वपूर्ण हुने गरि सभागिता देखाएको छ। 

चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पनि बजारलाई माथि उठाउन नसकेपछि चौतर्फी निराशा छाएको छ। यही निराशाकबीचमा अटो शो सुरू हुँदा व्यवसायीमा पनि धेरै उत्साह थिएन। तर सम्पन्न हुँदा भने उनीहरूको अपेक्षाभन्दा बिपरीत देखिएको छ। 

उपभोक्ताहरू नयाँ सवारीसाधान खरिदमा अधिक इच्छुक देखिएका छन्। चारपांग्रेदेखि दुई पांग्रेस सवारीसाधनका नयाँ मोडलमा उनीहरूको रुची देखिएको छ। 

भएको बुकिङको तथ्यांक र उपभोक्ताको तत्परताले पनि बजारको आत्मविश्वास फर्किएको व्यवसायीहरूले महसुस गरेका छन्। अटो शोहरुमा हेर्ने प्रयोजन र सवारीबारे बुझेर बुकिङ वा खरिद गर्ने प्रयाोजनका लागि अवलोकनकर्ताहरु जाने गरेका छन्। यो मन्दीका बीच पनि सवारी बुकिङ गर्ने र खरिद गर्ने उद्देश्यले आउनेको संख्या राम्रो रहेको नाडाले जनाएको छ। 

७६ हजार १ सय जनाले अवलोकन गर्दा नाडा अटो शो भरिमा सबै ब्रान्डका गरेर करिब १ हजार ५ सवारीसाधन बुकिङ भएका छन्। यसबारे नाडाले केही समयमा सबै प्रदर्शकहरुसँग बुझेर एकीकृत तथ्यांक सार्वजनिक गर्ने बताएको छ। नाडामा बुकिङ भएका अधिकांश चार पांग्रेमा विद्युतीय सवारी नै रहेका छन्। यो वर्षको अटो शोमा दुई वटा नयाँ चिनियाँ चार पांग्रे ब्रान्ड आएका छन्। 

समग्रमा यो वर्षको अटो शो मन्दीकै बीचमा चल्दा पनि उपभोक्ताको बाक्लो उपस्थिति र उत्साहजनक बुकिङले अटोमोबाइल क्षेत्रमात्र नभइ अर्थतन्त्रको अन्य तन्तुहरुलाई पनि चलायमान बनाउने अपेक्षा धेरैले गरेका छन्। अटो शोले यसको राम्रो संकेत गरेको व्यवसायीहरुले बताएका छन्। 


प्रकाशित : सोमबार, असोज १ २०८०००:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend