शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

१० वर्षमा तीन प्रतिशत जग्गामा मात्रै थपियो सिँचाइ सुविधा, मधेश प्रदेशमा सबैभन्दा बढी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २१ २०८०
images
१० वर्षमा तीन प्रतिशत जग्गामा मात्रै थपियो सिँचाइ सुविधा, मधेश प्रदेशमा सबैभन्दा बढी

सातौँ कृषिगणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा सिँचित जग्गाको ४२ प्रतिशत र नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत रहेको छ।

images
images

काठमाडौं- १० वर्षमा कृषक परिवारले चलन गरेको जग्गामध्ये तीन प्रतिशत जग्गामा मात्रै कृषि सिँचाइ सुविधा बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय कृषि गणना, २०७८ अनुसार सिँचाइको उपलब्धतामा देखिएको वृद्धि निकै कमजोर देखिएको हो। 

images
images
images

कृषि गणना २०६८ ले देशभरमा २४ लाख ७२ हजार कृषक परिवारले जम्मा १३ लाख १३ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखाएको थियो भने पछिल्लो गणना २०७८ ले २८ लाख ८९ हजार कृषक परिवारले १२ लाख ९ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखाएको छ।

images
images

पछिल्लो गणनाअनुसार कृषक परिवारले चलन गरेको जम्मा जग्गामध्ये ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा लिएको देखिन्छ भने अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत ५२ थियो।

images
images

पछिल्लो कृषिगणना अनुसार ७० प्रतिशत कृषक परिवारले सिँचाइ सुविधा लिएको देखिएको छ। अघिल्लो कृषिगणना अनुसार यस्ता कृषक परिवारको प्रतिशत ६५ थियो।

सिँचाइ सुविधा प्रयोग गर्ने कृषकहरु बढी भएको प्रदेशमा मधेश र जिल्लामा बारा देखिएको छ।

सिँचाइका लागि आवश्यक पानीको मुख्य श्रोतमा ट्युबवेल, बोरिङ देखिएको छ। सातौँ कृषिगणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा सिँचित जग्गाको ४२ प्रतिशत र नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत रहेको छ।

यसैगरी बाँध बाँधेर वा रिजर्भवयर बनाई त्यहाँबाट पानी ल्याएर सिँचाइ गरिएको जग्गा भने ८ प्रतिशत रहेको छ।

गत कृषिगणना २०६८ ले सिँचाइ सुविधाका लागि कृषक परिवारले प्रयोग गरेको मुख्य श्रोतमा नदी, तलाउ र पोखरी देखाएको थियो।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend