शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

images
बुधबार, भदौ २० २०८०
images
images
चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबीपीएस) सम्मको सेवा लिन पाउने भएका छन्।

images
images

धनकुटा- नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अप्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ।

images
images
images

टेलिकमले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा जिल्लासम्म एडीएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेस प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अप्टिकल फाइबर प्रविधि) बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो।

images

यसअघि टेलकमले एडीएसएसबाट प्रवाह गरेको २० जीबीपीएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट पाँच एम विपिएससम्मको  इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रीजी र फोर जी) सेवा विस्तार गर्दै आएको थियो। 

images
images
images

हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि बिछ्याइएको फाइबरमार्फत् जिल्लासम्म एक सय जीबीपीएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अप्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो। 

सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबीपीएस) सम्मको सेवा लिन पाउने भएका छन्। कार्यालयका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत् इन्टरनेट सेवा विस्तार गरिएको छ। धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उनले जानकारी दिए।

त्यस्तै संखुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ। चैनपुर नगरपालिकामा यसै वर्षदेखि काम सुरु गरिनेछ। अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको विर्तामोडबाट पुनःइटहरीसम्म एक सय जीबीपीएस इन्टरनेट जडान भइसकेको छ। यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए।

सेवा विस्तारसँगै हाल धनकुटामा दुई हजार छ सय २१ वटा राउटरमार्फत् आठ हजार घरधुरीले अप्टिकल फाइबरमार्फतको इन्टरनेट उपभोग गरिरहेका छन्। भोजपुरमा सात सय तीन राउटरमार्फत एक हजार पाँच सय घर धुरीले, संखुवासभामा नौ सय ८० राउटरमार्फत् दुई हजार घर धुरीले र तेह्रथुममा छ सय ७० राउटरमार्फत् एक हजार पाँच सय घर धुरीले ईन्टरनेट उपभोग गरिरहेको उनले उल्लेख गरे। रासस


प्रकाशित : बुधबार, भदौ २० २०८००६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend