शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

हुलाकी सडक : निर्माण ढिलासुस्तीले म्याद थपमा अलमल

images
मंगलबार, भदौ १९ २०८०
images
हुलाकी सडक : निर्माण ढिलासुस्तीले म्याद थपमा अलमल

हुलाकी सडक निर्माणमा कैलाली र कञ्चनपुरमा अर्बौँ रकम खर्चिएको छ। तर काम भने समयमै सम्पन्न हुन सकेको छैन।

images
images

महेन्द्रनगर- कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ।

images
images
images

पाँचाैँ पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँ पटक म्याद थपेको छैन। म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ।

images
images

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुनसक्ने संकेत गरे। 'काम नगर्ने र म्यादमात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति छ', उनले भने, 'निर्माण व्यवसायीको काममा म्याद थपको निर्क्यौल लाग्छ।'

images
images

पुर्नबास नगरपालिकाको डोकेबजारबाट बेदकोट नगरपालिकाको दैजीचोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि विसं २०७३ फागुनमा सम्झौता भएको थियो। ३० महिनामा सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भए पनि पाँचौँ पटकको म्यादमा रहेर पहिलो प्याकेज (डोकेबजार-बेलौरी) खण्डमात्रै सकिएको हुलाकी राजमार्ग योजना कार्यालयको भनाइ छ। यहाँ बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडकमात्रै कालोपत्र भएको छ।

उक्त कामको जिम्मा ४१ करोड ४१ लाख रूपैयाँमा बाबा हंस-सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ। उक्त निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी योजना कार्यालयको सम्र्पकमा समेत नरहेको बुझिएको छ। सो प्याकेजको पहुँच क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न अवरोध छ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी-दैजी) २४ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडकमात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए। 'उक्त अन्तिम प्याकेजको म्याद थप अन्योल भएकाले निर्माण व्यवसायीले काम गरेको ६५ लाख रूपैयाँ रकम दिन पनि बाँकी छ', उनले भने, 'दोस्रो प्याकेजको काम यही निर्माण व्यवसायीले गर्नेमा आशंका देखियो।'

लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने भए पनि बेवास्ता गरेको देखिएको छ। 'अब ढिलोमा छ/सात महिनामा सकिने काममात्रै बाँकी छ', उनले भने, 'तर काम गर्ने माहोल नदेखाएकाले समस्या भएको हो।'

त्यसैगरी कैलालीमा ७३ विभिन्न खण्डमा निर्माण भइरहेको छ। 'कैलालीमा हुलाकी सडकका सबै प्याकेजको म्याद रहेकाले काम भइरहेको छ', इन्जिनियर सुनारले भने, 'तर यस वर्ष बजेट कम विनियोजन भएकाले योजनाका लागि आर्थिक अभाव हुनसक्छ।' हुलाकी सडक निर्माणमा कैलाली र कञ्चनपुरमा अर्बौँ रकम खर्चिएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १९ २०८००५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend