आइतबार, असोज ६ गते २०८१    
images
images

सेज सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने मनस्थितिमा प्राधिकरण

images
शनिबार, भदौ १६ २०८०
images
images
सेज सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने मनस्थितिमा प्राधिकरण

सेजको भाडा प्रतिवर्गमिटर १ सय ५० रूपैयाँ तोकिएकोमा अहिले त्यसलाई परिमार्जन गरी २० रूपैयाँ पुर्‍याइएको छ।

images
images

भैरहवा- विशेष सुविधासहित मुलुकमै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)को रुपमा स्थापना भए पनि आशातीत कार्य हुन नसक्दा विशेष आर्थिक क्षेत्र प्राधिकरण यसलाई निजी क्षेत्रलाई सञ्चालनमा दिने मानसिकतामा पुगेको छ।

images
images
images

सेज भैरहवामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई सेज सञ्चालनमा देखिएका कठिनाइबारे बताउँदै यसका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले सेज सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने विषयमा छलफल भएको बताए।

अहिले सेजप्रति उद्योगीहरुको चासो घट्दै गइरहेको छ। महँगो भाडा, निर्यात सीमामा देखिएको कठिनाइ, उद्योगलाई कर्जालगायतको समस्याले सेज थलिएको छ।

उद्योगीहरुले सेजमा उद्योग स्थापन गर्न प्राधिकरण यी विषयहरुमा सहुलियतको लागि प्रयास गरिएको सेजको भनाइ छ। सेजको भाडा प्रतिवर्गमिटर १ सय ५० रूपैयाँ तोकिएकोमा अहिले त्यसलाई परिमार्जन गरी २० रूपैयाँ पुर्‍याइएको छ। उद्योगीहरुले यसलाई पनि महँगो भनेका कारण यसलाई पुनः १० रूपैयाँमा झार्ने तयारी प्राधिकरणले गरेको छ।

images

यस्तै सेजको सुरुवाती चरणमा उत्पादित वस्तुको ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था रहेको थियो। त्यसलाई पनि परिमार्जित गरि ६० प्रतिशतमा ल्याइएको थियो। यसलाई पनि झारेर अहिले ४० प्रतिशतमा पुर्‍याउने तयारी गरिएको छ। 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले सेज नाफा कमाउन नभइ नेपालमा रहेका उद्योगीलाई अधिकतम अवसरहरु प्रदान गर्ने उद्देश्यले खोलिएको बताए। यसका लागि उद्योगीहरुलाई आवश्यक वातावरण मिलाउन मन्त्रालयले अधिकतम लचकता अपनाउने उनको जिकिर छ।

कुल ५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा ६९ वटा विभिन्न क्षेत्रफलमा प्लट रहेका छन्। अहिले सेजमा शक्ति मिनरल्स प्रालि, विस्तार ग्लोबल प्रालि, तिरुपति मेटल प्रालि, ब्रिलियन्ट लाइटिङ इण्डष्ट्री, पञ्चकन्या एसएस प्रालि, यस प्लाष्टिक प्रोडक्ट र जय बुद्ध मेटल क्राफ्ट गरी ७ उद्योग मात्र सञ्चालनमा रहेका छन्।

यस्तै जडीबुटी, कृषि, मेटल, इलेक्ट्रिक गरी विभिन्न १० वटा उद्योगले भैरहवा सेजसँग सम्झौता गरेको छ। तत्कालका लागि एस एन जैन, गार्मेन्ट उद्योग एवं हर्बल उद्योग सञ्चालन गर्नेगरी पुकार रानाले २ वटा, तान्या एग्रो प्रालि र वर्ल्ड लिंक आईटी क्षेत्रको उद्योग गरी ५ वटा उद्योगलाई अनुमति दिइएको छ।


प्रकाशित : शनिबार, भदौ १६ २०८००९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend