आइतबार, असोज ६ गते २०८१    
images
images

गणपति तेल मिलमा आगलागी हुँदा करोडौँको क्षति

images
शनिबार, भदौ १६ २०८०
images
images
गणपति तेल मिलमा आगलागी हुँदा करोडौँको क्षति

अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए।

images
images
images

तेल मिलमा आगलागी भएको र आफूले  झन्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए। आगलागी भएको खबर पाएलगत्तै ठूलो संख्यामा स्थानीय, पानी  ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज बिहान आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आगलागीबाट दुई करोड रूपैयाँभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। आगलागीको कारण अझै खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छन्। रासस


प्रकाशित : शनिबार, भदौ १६ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend