आइतबार, असोज ६ गते २०८१    
images
images

अर्थमन्त्रीसँग नाडा प्रतिनिधिहरूको छलफल, अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १५ २०८०
images
images
अर्थमन्त्रीसँग नाडा प्रतिनिधिहरूको छलफल, अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि आग्रह

कर्जा निस्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नती नहुने व्यवस्थाले निजीक्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका नाडाले माग गरेको छ। 

images
images

काठमाडौं- नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेटगरी अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गरेको छ।

images
images
images

सो छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचीका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसँग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्न अनुरोध गरेका छन्। 
 
सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तिय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने लगायत विषय सम्बोधन गर्नुपर्ने बताएका छन्। त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अर्थमन्त्रीसँग अनुरोध गरे। 

चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा वर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निस्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निस्क्रीय वर्गमा कर्जा वर्गीकरण गरिनु पर्ने व्यवस्थाले बैंक तथा वित्तिय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्न जाने जिकिर अध्यक्ष थापाको थियो।

कर्जा निस्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नती नहुने व्यवस्थाले निजीक्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका नाडाले माग गरेको छ। 

images

त्यसैगरी सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोबाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोबाइल उद्योगहरुलाई विशेष क्षेत्रमा वर्गीकरणगरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने लगायत काठमाडौंै उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन नाडाले अर्थमन्त्रीलाई आग्रह गरेको छ। 

सो छलफलको अन्त्यमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफू जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिएका थिए। उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा निशान ढकालसमेतको उपस्थिति रहेको थियो। सो भेट भदौ १३ गते भएको थियो। 


प्रकाशित : शुक्रबार, भदौ १५ २०८०१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend