काठमाडौं- शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो।
शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको छ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार छापावाल सुन १ लाख १२ हजार ८ सय रुपैयाँमा, तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।