आइतबार, असोज ६ गते २०८१    
images
images

सिस्टम फेल भएपछि जापानमा रहेका टोयोटाको सबै १४ उत्पादन प्लान्ट बन्द

images
मंगलबार, भदौ १२ २०८०
images
images
सिस्टम फेल भएपछि जापानमा रहेका टोयोटाको सबै १४ उत्पादन प्लान्ट बन्द

जापानमा टोयोटाका १४ वटा उत्पादन प्लान्ट छन्। १२ वटा मंगलबार बिहानैदेखि बन्द भएको र २ वटा दोस्रो सिफ्टबाट बन्द गरिएको कम्पनीले जनाएको छ। 

images
images

काठमाडौं- विश्वको सबैभन्दा ठूलो कार उत्पादन कम्पनी टोयोटा मोटर कर्पको जापानमा रहेका सबै प्लान्टको उत्पादन बन्द गरिएको छ। सिस्टम फेल भएकाले सबै उत्पादन बन्द भएको टोयोाटाले जनाएको छ। 

images
images
images

स्थानीय समयअनुसार मंगलबार दिउँसोबाट सिस्टममा खराबी आएकाले जापानमा रहेका टोयोटाका उत्पादन प्लान्ट बन्द भएका हुन्। योसँगै टोयोटाको आन्तरिक उत्पादनमा असर पर्ने रोयटर्सले लेखेको छ। टोयोटाले सिस्टम फेल हुनुको कारण खोजी भइरहेको जनाएको छ। 

प्रारम्भिक रुपमा साइबर आक्रमण भएको अनुमान गरिए पनि त्यस्तो नदेखिएको टोयोटाले उल्लेख गरेको छ। टोयोटाले मंगलबार बिहानबाट जापानमा रहेका १२ वटा प्लान्टको उत्पादन बन्द गरेको हो। जापानमा टोयोटाका १४ वटा उत्पादन प्लान्ट छन्। १२ वटा मंगलबार बिहानैदेखि बन्द भएको र २ वटा दोस्रो सिफ्टबाट बन्द गरिएको कम्पनीले जनाएको छ। 

जापानमा रहेका १४ प्लान्टबाट टोयोटाले विश्वभर उत्पादन गर्ने कुल सवारीका करिब एक तिहाइ उत्पादन हुन्छ। सवारी बिक्रीका आधारमा टोयोटा विश्वकै ठूलो कार उत्पादक कम्पनी हो। 

images

यो वर्षको पहिलो त्रैमासदेखि जापानमा टोयोटाको उत्पादन २९ प्रतिशतले बढेको थियो। यो वृद्धि दुई वर्षपछि भएको थियो। जापानमा टोयोटाले १४ वटा प्लान्टबाट दैनिक करिब १३ हजार ३ सय वटा सवारी उत्पादन गर्दै आएको छ। यो संख्यामा टोयोटाको सब ब्रान्ड हिनो र डाइहात्सुको संख्या समावेश नगरिएको रोयटर्सले उल्लेख गरेको छ। 

गत वर्ष पछि टोयोटाको उत्पादन केही समयका लागि बन्द भएको थियो। त्यसको कारण थियो, कम्पनीको एउटा सप्लायर साइबर आक्रमणमा पर्नु। त्यतिबेला एक दिन उत्पादन बन्द हुँदा १३ हजार उत्पादन घटेको थियो। 

टोयोटाको उत्पादन बन्द भएको थाहा हुने वित्तिकै टोयोटाको सेयर मूल्यमा समेत गिरावट आइसकेको छ। 


प्रकाशित : मंगलबार, भदौ १२ २०८००४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend