शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

मेचीनगरमा १६ करोड ६६ लाख लागतका तीन खानेपानी आयोजना अन्तिम चरणमा, ६ हजार घरपरिवार लाभान्वित हुने

images
आइतबार, भदौ १० २०८०
images
images
मेचीनगरमा १६ करोड ६६ लाख लागतका तीन खानेपानी आयोजना अन्तिम चरणमा, ६ हजार घरपरिवार लाभान्वित हुने

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईँले हाल ओभरहेड ट्यांकी, डीप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको जानकारी दिए। तोकिएको समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने उनले बताए।

images
images

झापा- मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने भएका छन्। मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए। ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको उनले जानकारी दिए।

images
images
images

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ रूपैयाँ छ। निर्माणको जिम्मा सीएवी, जीआरडी जेभी काठमाडौंले पाएको छ। स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम दुई करोड आठ लाख ३४ हजार दुई सय २६ रूपैयाँ बेहोर्ने सर्तमा विसंं २०७८ असार २९ गते सम्झौता भएको थियो। आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ।

images

अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकीमा जम्मा गरी सप्लाइ गरिने बताए।

images
images
images

उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्यांकी छ। जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन्। मेचीनगर-२ का बासिन्दा वर्षौँदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए।

वर्षौँदेखिको खानेपानीको समस्याबाट वडा नं २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताए। 'शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो', उनले भने, 'माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ। यसले थोरै भए पनि राहत पुग्यो।'

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईँले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गरे। उनका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ। उनले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए।

हाल ओभरहेड ट्यांकी, डिप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको व्यवसायी चौगालाईँले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, भदौ १० २०८००८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend