काठमाडौं- सरकारले संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भू-परिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिएको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत आव २०८०/८१ मा सञ्चालन हुने उक्त आयोजना तथा कार्यक्रमका लागि दरबन्दी सिर्जना गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्री शर्माका अनुसार बैठकले सुर्खेतको अवलचिंग गाउँपालिका वडा नं. ४क को ९ रोपनी जग्गा चिंगाड गाउँपालिका वडा नं. ५ मा निर्माण हुने १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्ता छन् साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु :