शुक्रबार, जेठ ४ गते २०८१    
images
images

निर्माण व्यवसायीले सडकको काम समयमै नसक्दा यात्रुलाई सास्ती

images
बिहीबार , भदौ ७ २०८०
images
images
निर्माण व्यवसायीले सडकको काम समयमै नसक्दा यात्रुलाई सास्ती

कालोपत्रको जिम्मा लिएको भारतीय निर्माण कम्पनी टिसीआइएलले काममा ढिलासुस्ती गर्दा काम सम्पन्न हुन सकेको छैन। कम्पनीले तीन वर्षदेखि जिम्मेवारी लिए पनि हालसम्म काम पूरा भएको छैन।

images
images

रामेछाप- सडक सुधारको जिम्मा लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा यस सडक मार्गबाट यात्रा गर्ने यात्रुहरुले सास्ती खेपिरहेका छन्। रामेछापको सेलेघाट-रामेछाप-साँघुटार सडकखण्डको निर्माणको जिम्मा पाएको कम्पनीले काममा ढिलासुस्ती गर्दा यात्रुहरुले हैरानी खेप्नु परेको हो। सडक विस्तारका नाममा जताततै सडक अव्यवस्थित बनाएर छाडेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने भएकाले यात्री हैरनी भोग्न बाध्य भएका छन्।

images
images
images

कालोपत्रको जिम्मा लिएको भारतीय निर्माण कम्पनी टिसीआइएलले काममा ढिलासुस्ती गर्दा काम सम्पन्न हुन सकेको छैन। कम्पनीले तीन वर्षदेखि जिम्मेवारी लिए पनि हालसम्म काम पूरा भएको छैन। रामेछाप मन्थली नगरपालिका-६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्मको करिब ५० किलोमिटर सडक हालसम्म मर्मत हुन सकेको छैन। जसले गर्दा यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन्।

images

सडक बिग्रिएकाले वर्षादको समयमा सवारीसाधन, पैदलयात्रीलाई र सडक छेउका सर्वसाधारणलाई सास्ती भएकोे सेतीदेबी मावि सालुका प्रधानाध्यापक गगन श्रेष्ठले बताए। यो समस्याका बारेमा आफूहरुले सरोकारवाला पक्षसँग पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ। सडक मर्मत नहुँदा शिक्षक र विद्यार्थीलाई पनि सास्ती भएको उनले बताए। सडक निर्माण नहुँदा स्थानीय जनप्रतिनिधि पनि रुष्ट छन्।

images
images

रामेछाप नगरपालिका-७ का वडाध्यक्ष समिर कार्कीको संयोजनमा केही दिनअघि सुकाजोर ७ नं वडामा बसेको बैठकमा सहभागी जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले पनि ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

images
images

सडक विस्तारका नाममा जथाभावी भत्काएर छाडेकाले सालुदेखि साँघुटारसम्मको विभिन्न भागमा वर्षा सुरु भएसँगै सडक विभिन्न ठाउँमा पहिरो जाने, भासिने साथै दर्जनौँ खाल्डाका कारण यातायात सञ्चालनमासमेत निकै कठिनाइ भएको सुमो चालक जीवन माझी बताउँछन्। सडकमा देखिएको अस्तव्यस्तताका कारण विभिन्न बस्ती समेत जोखिममा परेको रामेछाप नगरपालिका-२ का वडाअध्यक्ष नीरकुमार श्रेष्ठले बताए।

मन्थली नगरपालिका अन्तर्गतको वडा नं ४ सालु खण्डको अवस्था पनि उत्तिकै दयनीय रहेको वडाअध्यक्ष राजन घिमिरेले बताए। उनका अनुसार आयोजनाको काम समयमै नहुने अवस्था अहिले पनि नदेखिएको उनको भनाइ छ। उनले जिम्मेवारी लिएका कम्पनीविरुद्ध संयुक्त विरोधमा जानुको विकल्प नरहेको बताए। आयोजनाका ठेकेदारले काम गर्दा नीति नियम भन्दामाथि रहेर अस्तव्यस्त र भद्रगोल तरिकाले काम गरेको गुनासो पनि अध्यक्ष घिमिरेको रहेको छ।

रामेछाप बजारका सामाजिक अभियान्ता गौतमकुमार श्रेष्ठ सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीलाई सडकको अवस्था, नागरिकले पाएको हैरानी र सास्तीका बारेमा आफूहरुले नगरपालिकासँगसमेत समन्वय गरेर पटक-पटक अनुरोध गर्दा पनि काम अघि नबढ्नु दुःखद् भएको बताउँछन्।
 
सरोकारवालको गुनासोका सम्बन्धमा सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधि विनोद भारतीले नेपाल सरकारले मुआब्जा वितरण नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताउँछन्।

सरोकारवालबाट आएको गुनासा र सुझावलाई माथिल्लो निकायका प्रमुखसमक्ष आफूले प्रस्तुत गरेको र त्यसपछि तत्काल समाधानका लागि पहल गर्ने आश्वासन पाएको जानकारी दिए। आयोजनाको कामको ढिलासुस्तीका बारेमा निर्माण व्यवसायीको मुख्य व्यक्तिलाई खबर गरिएको  कुरा रामेछाप नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ ७ २०८०११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend