शुक्रबार, जेठ ४ गते २०८१    
images
images

ललिता निवास प्रकरण : यी हुन् २८६ प्रतिवादी (सूचीसहित) 

images
बिहीबार , भदौ ७ २०८०
images
images
ललिता निवास प्रकरण : यी हुन् २८६ प्रतिवादी (सूचीसहित) 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २ सय ८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। 

images
images

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २ सय ८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। 

images
images
images

यस प्रकरणको अनुसन्धान गरेको सीआईबीले मंगलबार सरकारी वकिल कार्यालयलाई राय सुझावसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको आरोपमा सीआईबीले पूर्वमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीलगायत २ सय ८६ जनालाई प्रतिवादी बनाएको हो।

images

प्रतिवादीमध्ये २१ जनाको मृत्यु भइसकेको छ। ललिता निवास प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईको समेत बयान लिएको थियो।

images
images

ललिता निवासको जग्गा हिनामिना भएको विषयमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

images
images

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

यी हुन् २ सय ८६ प्रतिवादीहरु : 

 


प्रकाशित : बिहीबार , भदौ ७ २०८०१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend