शुक्रबार, जेठ ४ गते २०८१    
images
images

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३२ र पश्चिम खण्डमा नौ प्रतिशत काम सकियो

images
बुधबार, भदौ ६ २०८०
images
images
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३२ र पश्चिम खण्डमा नौ प्रतिशत काम सकियो

पूर्वी खण्डको म्याद विसं २०८१ बैशाखसम्म छ भने पश्चिम खण्डको म्याद २०८१ भदौसम्म छ।

images
images

तनहुँ- पृथ्वी राजमार्गको पोखरा-मुग्लिन (पूर्वीखण्ड) सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम सडक खण्डमा ४१ प्रतिशत प्रगति भएको छ। पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किमी सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दुरीमा नौ प्रतिशत काम सम्पन्न भएको हो।  

images
images
images

पूर्वी सडक खण्डमा दुई हजार एक सय किलोमिटर दुरीमा कालोपत्र गरिएको छ। आँबुखैरेनी गाउँपालिका-१ सत्रसय क्षेत्रबाट सुरु गरी डुम्रे बजारतर्फको खण्डमा कालोपत्र अघि बढाइएको छ। जेठ महिनासम्म राम्रै प्रगति भए पनि असार र साउनमा वर्षा भएकाले महिनाको नौ प्रतिशतका दरले प्रगति भएको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

images

भदौ महिनादेखि कालोपत्र गर्न थालेपछि प्रगति बढ्ने उनले बताए। पहिलो चरणमा दुई लेनको कालोपत्र गरी पुनः दुई लेनको कालोपत्र थालिने छ। इन्जिनियर पाण्डेले भने, 'जहाँ तयारी हुन्छ ती स्थानमा कालोपत्र गरिहाल्ने योजनाअनुरुप निर्माण कार्य भइरहेको छ।' यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, पर्खाल लगाउने, भित्तो खार्ने, खाल्टो पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

images
images

पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ बैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो। पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँको लागतमा ठेक्का दिइएको थियो। सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ। सडक विस्तार गर्दा सडकको चौडाइ दुईतर्फी २५/२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ। 

images
images

पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको र उक्त खण्डको म्याद विसं २०८१ बैशाखसम्म छ।

पश्चिम खण्डमा ९ प्रतिशत प्रगति

त्यसैगरी पश्चिम खण्डमा अहिलेसम्म नौ प्रतिशत प्रगति भएको छ। उक्त खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। पोखरा बाहेक तनहुँ खण्डमा भित्ता कटिङ गरी कल्र्भड राख्ने र पर्खाल लगाउने कार्य भइरहेको त्यहाँका इन्जिनियर नारायण पौडेलले जानकारी दिए।

यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा ठेक्का लिएको हो। उक्त सडक खण्डको म्याद २०८१ भदौसम्म छ। विसं २०२६ मा रेखांकन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ।

दुलेगौँडाबाट खैरेनीटार बजार कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटर कायम गरिएको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८००९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend