आइतबार, असोज ६ गते २०८१    
images
images

गमगाढ खोलामा पुल नहुँदा सास्ती

images
मंगलबार, भदौ ५ २०८०
images
images
गमगाढ खोलामा पुल नहुँदा सास्ती

गमगाढ खोलामा पुल नहुँदा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समेत समस्या हुने गरेको छ। खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थीहरु बिदा मागेर घर फर्किन थाल्छन्।

images
images

मुगु- छायाँनाथ रारा नगरपालिका-१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छन्।

images
images
images

सोही नगरपालिकाकै वडा नं १ श्रीनगर गाउँमा रहेको मीन मावि कक्षा ७ मा अध्यनरत छात्रा सपना मल्ल र महाकाली नमूना मावि कक्षा ८ मा अध्ययनरत छात्र मुस्कान मल्ल आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोला माथिका दुई लाप्का भएर जानुपर्ने भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कँदा डराउँदै खोला तर्ने गरेको सुनाउँछन्।

मुगुम कार्मारोङ्ग गाउँपालिका-१ डोल्फु गाउँका छिरिङ आग्मु लामाले उक्त खोला तर्दा काठका लप्का हल्लिएर रिंगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भने, 'सदरमुकामबाट यार्सा पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र खानेकुरा किनेर घर जाँदै थिएँ, खोलामा खसेँ। भारी बगायो, म बाँचेँ।'

जिल्ला सदरमुकाम जाँदा र फर्किंदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिंगो मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका-१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन्।

images

मीन माविमा अध्ययनरत विद्यार्थी आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्ल बताउँछिन्। उनका अनुसार बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नका लागि पढाइ बीचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेका छन्। पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लले बताइन्।

गमगढी-नाक्चे लाग्ना सडक गमगढी बजारबाट १८ किमी मुगुम कार्मारोङ्ग-९ छाइलको सुलसुले भीरसम्म पुगे पनि यो खोलामा पुल नहुँदा र खोला ठूलो भएकाले गाडीले खोला तर्न नसक्दा बिरामीलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ।

'खोलामा पुल भइदिएको भए सडकमा सवारी साधन नियमित हुन्थे, बिरामीलाई समयमै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधा सम्पन्न अस्पतालमा लैजान सहज हुने थियो, अहिले पुल नभएकै कारण यो सडकमा यातायातका साधन चलेका छैनन्, मानिसहरुलाई आवतजावतमा समस्या भोग्नुपरेको छ', लुम्स गाउँका स्थानीयवासी कम्बर ऐडी भन्छन्।

विगतका वर्षहरुमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरु चाटया बगर र हाडढुंगा भन्ने स्थानमा रहेका झोलुंगे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गदर्थे। विसं २०७९ असोज १७ देखि २३ गतेसम्म परेको पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगाएपछि मानिसहरुलाई खोला तर्ने अन्य कुनै विकल्प नहुँदा बाध्य भएर जति समस्या आए पनि खोला तर्नुपर्ने भएको हो।

यो खोलामा छायाँनाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साँघु हाल्दै आए पनि बाढीले सधैँ साघु बगाउँदै लग्ने गरेको नगर उपप्रमुख ऐश्वर्य मल्लले बताइन्।  यस वर्ष पनि नगरपालिकाले काठको साघु बनाउन चार लाख रूपैयाँ छुट्याएर काम सुरु गरिसकेको उपप्रमुख मल्लले जानकारी गराइन् ।

'नगरपालिकाको त्यो ठाउँमा स्थायी झोलुंगे पुल राख्ने योजना थियो, तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोलिसकेको बताएकाले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएका हौँ', उनले भनिन्।


प्रकाशित : मंगलबार, भदौ ५ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend