आइतबार, असोज ६ गते २०८१    
images
images

तस्करले ल्याएको १०० किलो भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम, अब के हुन्छ प्रक्रिया?

images
सोमबार, साउन २९ २०८०
images
images
तस्करले ल्याएको १०० किलो भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम, अब के हुन्छ प्रक्रिया?

राजस्व अनुसन्धान विभागको टोलीले झण्डै एकसय किलो सुन समातेको भनिएकोमा अहिले राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्दा ६० किलो ७७९ ग्राम रहेको प्रमाणित भएको हो।

images
images

काठमाडौं- हङकङबाट अवैध रुपमा ल्याइएको सुन ६० किलो ७७९ ग्राम रहेको छ। स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सार कार्यालय अगाडि सिनामंगलबाट गएको असार २९ गते बरामद भएको थियो।

images
images
images

'अहिलेको परिमाण पनि यकिन होइन यसमा अझै कालो पदार्थहरू रहेको छ, भोलिमात्रै यकिन परिमाण निस्कन्छ' टक्सार विभागका निर्देशक थानेश्वर आचार्यले बताए। त्यसबेला सुन लुकाइएको १ सय ६० वटा ब्रेक शु बरामद भएको थियो। 

राजस्व अनुसन्धान विभागको टोलीले झण्डै एकसय किलो सुन समातेको भनिएकोमा अहिले राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्दा ६० किलो ७७९ ग्राम रहेको प्रमाणित भएको हो।

गत साता राजश्व अनुसन्धानबाट सम्पूर्ण मिसिल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिएर अनुसन्धान तीव्र पारेको छ। केही अन्य प्रमाणहरू हङकङबाट जुट्न सक्ने भन्दै प्रहरीले अर्थ मन्त्रालयको सहयोग मागेपछि अर्थले  हङकङको वित्त मन्त्रालयलाई पत्र काटेर अन्य विवरणहरू पनि मागेको छ। 

images

प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान जारी छ। गत साता आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिकरुपमा अनुसन्धान थालेको थियो। 

अब के हुन्छ प्रक्रिया?

बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा छ। यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया अझै पूरा गरिसकेको छैन। ६० किलो ७७९ ग्राम रहेको भनिए पनि त्यसमा अझै केही कालो पदार्थ बाँकी रहेको जनाइएको छ।  

पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना पटक-पटक दोहोरिएका छन्। भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतका निकायले अवैध सुन समात्ने गरेका छन्। राजस्व छलेर आएको सुन बरामद भएपछि त्यो स्वतः सरकारको सम्पत्ति हुन जान्छ। तर सरकारले सुन आफैँ राख्ने नभइ त्यो नेपाल राष्ट्र बैंकले राख्छ र सुनको मूल्य बराबरको रकम राष्ट्र बैंकले सरकारी खातामा जम्मा गर्छ।

राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंकको टक्सार महाशाखा, वित्त व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागलगायतका प्रतिनिधि रहेर त्यसलाई खोलिएको हो। बरामद गरेर ल्याइएको वस्तु मोटरसाइकलका पार्टस्भित्र लुकाइएको भनिएकामा ती के-के हुन सबै छुट्याएर त्यसलाई गाल्ने प्रक्रिया गरिएको थियो। गालेर ढिक्का बनाउँदै त्यसपछि तौल जोखिएको हो।

अब बाँकी अनुसन्धान प्रक्रिया टुङ्गिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ। यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने गरेको आचार्यको भनाइ छ। यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि उक्त सुनको मूल्य बराबरको रकम सरकारको खातामा राजस्वका रुपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितिका रुपमा रहन्छ। यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्री वितरणसमेत गर्ने गर्छ।

सुन तस्करी : टक्सार महाशाखाले यकिन गर्‍यो परिमाण, बरामद सुन ६० किलो ७८९ ग्राम सुन तस्करी : टक्सार महाशाखाले यकिन गर्‍यो परिमाण, बरामद सुन ६० किलो ७८९ ग्राम


प्रकाशित : सोमबार, साउन २९ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend